Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दलित महिला सदस्य विकलाई अध्यक्षको जिम्मेवारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ८,आईतवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ३ को कार्यवाहक अध्यक्षको जिम्मेवारी दलित महिला सदस्य माया विकले पाउने भएकी छिन् । वडा कार्यालयमा आइतबार बसेको चार सदस्यको बैठकले विकलाई कार्यवाहक अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
सर्वसम्मत निर्णय भएसंगै विकले कार्यवाहक वडाध्यक्षको भूमिका निर्वाह गर्ने निश्चित भएको छ । वडाध्यक्ष ताराबहादुर कार्की निलम्बनमा परेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी कसले लिने भन्ने चर्चा चलिरहेको थियो ।
वडाध्यक्ष कार्कीलाई पुस २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख नगदसहित जीतपुरबाट नियन्त्रणमा लिएको थियो । कार्कीमाथि सेवाग्राहीसंग रकम लिएको आरोप छ ।
कार्कीलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेको छ । अख्तियारको नियन्त्रणमा रहेका कारण कार्की सार्वजनिक पदबाट निलम्बनमा छन् ।
कार्की निलम्बनमा परेपछि वडाको सेवा प्रवाहका लागि चार जना निर्वाचित वडा सदस्यले कार्यवाहक अध्यक्ष जिम्मेवारी तोक्ने प्रावधान छ । सोही अनुसार चार जना वडा सदस्यले सर्वसम्मत विकलाई कार्यवाहक वडाध्यक्ष बनाउन सहमति जुटाएका हुन् ।
वडा नं। ३ मा विकसहित चिनबहादुर पाख्रीन, अनितादेवी खत्री, देवनारायण चौधरी सदस्यमा निर्वाचित भएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० पुष ८,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० पुष ८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद