Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

प्रो क्लब च्याम्पियन : सशस्त्र प्रहरीले युपी– ११ लाई ८ रनले हरायो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ६,शुक्रबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो दिनको खेलमा सशस्त्र प्रहरी बलले युपी– ११ लाई आठ रनले हराएको छ।

नारायणी रंगशालामा जारी प्रतियोगितामा युपी– ११ ले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ९३ रन मात्र जोडेपछि आठ रनले पराजित भएको हो।

युपी– ११ का लागि निखिल प्रतापले ५० बलमा सर्वाधिक ४१ रन बनाए। यस्तै, मन्थन प्रसादले ५१ बल खेल्दै ३९ रनको योगदान गरे।

सशस्त्र प्रहरीका लागि अमरले दुई विकेट लिए। उनले चार ओभरमा १७ रन दिएका थिए। अर्का बलर कमल र नारायणले एक–एक विकेटले पाए। कमलले चार ओभरमा १७ रन र नारायणले चार ओभरमा २३ रन दिए।

यसअघि पहिले ब्याटिङ गरेको सशस्त्र प्रहरी बलले १९ ओभरमा अलआउट हुँदै एक सय एक रन जोडेको थियो। सशस्त्र प्रहरी बलका लागि हरिशंकर साहले ३२ बल खेल्दै ३४ रन बनाएका थिए भने लोकेश बम १० बलमा १५ रन र अमरसिंह राउतले नटआउट २० बल खेल्दै १२ रनको योगदान दिए। यस्तै, युपी– ११ का बलर तरुणले एक्लै पाँच विकेट लिएका थिए।

उनले सशस्त्र प्रहरी बलका खेलाडीलाई कमजोर बनाएका थिए। तरुणले चार ओभरमा १६ रन मात्र दिए।

अर्को बलर समिमले दुई विकेट लिएका थिए। उनले तीन ओभरमा १० रन मात्र खर्चिएका हुन्। युपी– ११ का बलर अहमद, निखिल र वासीले एक–एक विकेट लिएका थिए।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी– ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दै छन्।

सिंगल राउन्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनल हुनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० पुष ६,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० पुष ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद