Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्समा संयुक्त राजनीतिक दलित संघर्ष समिती गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ३०,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सामा संयुक्त राजनीतिक दलित संघर्ष समिती गठन भएकाे छ । शनिबार वीरगंजमा भएकाे विभिन्न दलका दलित नेता एवम् कार्यकर्ताहरुकाे भेलाले नेकपा माओवादी केन्द्रका इश्क कुमारकाे अध्यक्षतामा २७ सदस्यीय समिति गठन गरेकाे हाे ।

नवगठित समितिकाे सचिवमा नेकपा एकीकृत समाजवादीका सुशिल हजारा, सचिवालय सदस्यमा माओवादी केन्द्र कै महेन्द्र राम, नेपाली कांग्रेसका धिरज पासवान, जसपाका नरेन्द्र हजरा र एमालेका धन्नजय हजारा चयन भएका छन् ।

यसै गरि समितिकाे सदस्यमा हीरालाल राम, प्रमानन्द राम, शान्ति देवी पासवान, गगन सुनार, ओमप्रकाश पसवान, श्रीराम पासवान, जगत राम, विगु हजरा, छुनु पासवान, प्रमशिला राम, महाविर दास लगायतका चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य राम आश्रय रामले दलित मुक्तिको सवालमा निर्णायक आन्दोलनको खाचो रहेको बताए । उनले अबको पुस्ताले कुनै पनि किसिमको दमन शोषण सहन गर्नु नहुने वताउँदै पार्टीगत रुपमा जहाँ भएपनि दलित मुद्दामा आ आफ्नो पार्टी नेतृत्वमा दवाव सृजना गर्न सक्नु पर्ने वताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सलाहकार समितिका सदस्य समेत रहेका रामले दलितको शिक्षा, स्वास्थ्य, रोजगारी, सम्मान, राज्यमा समानुपातिक समाबेशी प्रतिनिधित्व, सुरक्षामा राज्यले पुर्ण रुपमा कार्यान्वयन नगरे सम्पुर्ण दलमा आवद्ध दलित समुदाय आन्दोलन गर्नु पर्ने वताए ।

जसपा निकटका समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेश अध्यक्ष रामु महराकाे अध्यक्षतामा भएकाे भेलामा नेकपा एकीकृत समाजवादी निकटका नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, नेपाली काङ्ग्रेस निकट दलित संघ मधेश प्रदेशका अध्यक्ष रामबरण पासवान, नेकपा एमाले निकट दलित मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य मेघराज पासवान, माओवादी केन्द्र निकट दलित मुक्ति माेर्चा मधेश प्रदेशका अध्यक्ष लवकुश बैठा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद