Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

एस आर ग्यालेक्सी स्कुललाई हराउदै खेलमा सूर्याेदय स्कुल फाइनलमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ३०,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा जिल्ला कबड्डी संगले आयोजन गरेको अन्तर विद्यालय कबड्डी खेलको पाँचौ दिन सेमिफाइनल खेल सकेको छ ।

सेमिफाइनल खेलमा छात्रा तर्फको पहिलो खेलमा सूर्याेदय स्कुलले एस आर ग्यालेक्सी स्कुललाई हराउदै फाइनलमा आफ्नो ठाउँ पक्का गरेको छ । सूर्याेदय स्कुलले एस आर ग्यालेक्सी स्कुललाई ४६÷३४ अंकले हराएको छ भने प्लेयर अफ द मेच सूर्याेदय स्कुलकी जर्सी नम्बर २ कि सलामुन खातुन घोषित भएकी थिइन। त्यसैगरी छात्रा तर्फको दोस्रो सेमिफाइनल खेलमा लिटिल फलावर स्कुलले साउथ जोन स्कुललाई हराउदै फाइनलमा पुगेको छ । लिटिल फलावर स्कुलले साउथ जोन स्कुललाई ४९÷३४ अंकले हराएको छ भने प्लेयर अफ द मेच लिटिल फलावर स्कुलकी जर्सी नम्बर १४ रोशनी भण्डारी घोषित भएकी थिइन।

आजै भएको छात्रहरूको पहिलो सेमिफाइनल खेलमा एस आर ग्यालेक्सी स्कुलले वीरगंज पब्लिक स्कुललाई हराउदै फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । एस आर ग्यालेक्सी स्कुलले वीरगंज पब्लिक स्कुललाई ४९÷४५ अंकले हराउदै एस आर ग्यालेक्सीका जर्सी नम्बर ८ का सौरभ यादव म्यान अफ द म्याच घोषित भएका छन् ।

सेमिफाइनलको छात्र तर्फकै दोस्रो खेलमा लिटिल फलावर स्कुलले साउथ जोन स्कुललाई हराउदै फाईनलमा पुग्न सफल भएको छ । लिटिल फलावर स्कुलले साउथ जोन स्कुललाई ४१÷४० अंकले हराएको छ भने म्यान अफ द म्याच लिटिल फलावर स्कुलका जर्सी नम्बर ५४ का विश्वास यादव भएका छन् ।

अन्तर विद्यालय कबड्डी खेलमा अंकका अधारमा छात्रा तर्फ तेस्रो स्थानमा एस आर ग्यालेक्सी स्कुल र छात्र तर्फ साउथ जोन स्कुल विजय भएको पर्सा जिल्ला कबड्डी संघका कार्यक्रम संयोजक अमित सिंहले जानकारी दिनु भयो ।

सोमबार हुने छात्रा तर्फको फाइनल खेलमा सूर्याेदय स्कुल र लिटिल फलावर स्कुल भिड्नेछन् भने छात्र तर्फ फाइनल खेलका लागि एस आर ग्यालेक्सी स्कुल र लिटिल फलावर स्कुल आमने सामने भिड्नेछन् । सोमबार हुने पहिलो खेल १०ः३० बजे देखि हुने छ भने अर्काे खेल ११ः१५ मा हुने संघका संयोजक सिंहले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद