Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रहरी प्रमुखबाट सञ्चारकर्मीहरु उपर दुव्र्यवहार भएको जनाउदै प्रेस युनियन बाराको ध्यानाकर्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २८,बिहीबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बारा । जिल्लामा घटेका घटनाको सत्य तथ्य सूचना सही समयमा सञ्चारकर्मीहरुलाई उपलव्ध नहुने, सञ्चारकर्मीले आधिकारिकताका लागि सम्पर्क गर्दा प्रहरी प्रमुख एवं प्रवक्ताले फोन नउठाउने गतिविधिप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

२०८० मंसिर २७ गते सिम्रौनगढ घटनामा समाचारको आधिकारिताका लागि जिल्ला प्रहरी कार्यालय, बारा पुगेका सञ्चारकर्मीहरु माथि बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सञ्चारकर्मीहरु उपर दुव्र्यवहार भएको जनाउदै नेपाल प्रेस युनियन, बारा शाखाले भर्सना समेत गरेको छ ।

बाराका सूचना अधिकारी एवं प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सही समयमा कुनै पनि सूचना नदिने, सञ्चारकर्मीको फोन नउठाउने लगायतका कार्यले सही सूचना सम्प्रेषणमा कठिनाई भईरहेको विज्ञप्तीमा जनाईएको छ । जिल्लामा केही महिनादेखि शान्ति सुरक्षाको अवस्था खस्कदै गईरहेको विगतका घटनाबाट देखिन आएको , पछिल्लो समय राज्यबाट र गैर राज्य पक्षबाट विभिन्न घटना भईरहदा त्यस्ता घटनाको वास्तविकता र आधिकारिकता प्रहरी प्रशासनमा निहित भएपनि सुचना प्रदान सही रुपमा नभएको बताईएको छ । पत्रकारहरुले सही समयमा सूचना नपाउदा विभिन्न किसिमका समाचारहरु प्रकाशित प्रशारित हुँदा त्यसबाट पिडित पक्ष र राज्यपक्षलाई नै क्षति हुने देखिन्छ । सही सूचना पाउने नैर्सिग अधिकारलाई कुण्ठित गर्ने काम प्रहरी प्रशासनबाट नगर्न नेपाल प्रेस युनियन, बारा जोडदार माग गर्दछ ।

नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवद्धारा जिल्ला प्रहरी कार्यालयमा हिजो प्रहरी प्रमुखबाट नै भएको घटनाले पत्रकारहरु मर्माहितभएको विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउन समेत गराएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० मंसिर २८,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० मंसिर २८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद