Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा खुल्यो घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स , अध्यक्ष अग्रवालले गरे उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १६,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

• जोतिलाल पंडित 

वीरगञ्ज ,१६ मंसिर । घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स प्रा.लि. सञ्चालनमा आएको छ । वीरगञ्जको घण्टाघर स्थित शर्मा मार्केटमा सञ्चालनमा आएको ट्राभल्स कम्पनीको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले हालै एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल

प्रा.लि.ले देश तथा विदेशमा विभिन्न प्याकेजमा भ्रमणको सुविधा उपलब्ध गराउने सञ्चालक मोम्ताज आलमले जानकारी दिए । युरोप, युएसए, इन्डोनेसिया, थाइल्याण्ड, सिंगापुर, भारत तथा संसारका जुनसुकै देशमा भ्रमण प्याकेज प्रा.लि.ले उपलब्ध गराउने उनले बताए ।

‘हामीले इन्टरनेशनल स्तरको टुर्स एण्ड ट्राभल्स सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘नेपालीहरुले खर्च गर्न सक्ने गरी सकेसम्म सस्तो शुल्कमा प्याकेज बनाउनेछौं ।’ नेपालीहरुमा पछिल्लो समय घुम्ने क्रम बढ्दो छ । देशभित्रै भ्रमण गरिने चाहने पर्यटकलाई पनि विभिन्न प्याकेजमा यातायात सुविधा उपलब्ध गराइने उनले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ टिकट, अनलाईन श्रम , ट्रेन टिकट , होटल बुकिङ, डिलक्स टुरिष्ट बसको टिकट काट्ने सुविधा पनि प्रा.लि.ले प्रदान गर्नेछ । कार, जिप, भ्यान, डिलक्स बस रिजर्भ चाहिएमा पनि ट्राभल्सले सेवा उपलब्ध गराउने सञ्चालक आलमले जानकारी दिए ।

कम्पनीको उद्घाटन कार्यक्रममा पोखरिया नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष किशोरी साह तेली, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) पर्साका अध्यक्ष प्रशान्त कुमार, बान मधेश प्रदेशका अध्यक्ष आशिक अन्सारी लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग
मुख्य समाचार

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग

प्रकाशित : २०८० मंसिर १६,शनिबार
२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० मंसिर १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद