Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा : तिलावे पुल नजिक बसले किचिएर एक जनाकाे मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १६,शनिबार
A A
file photo

file photo

2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १७ अलाै‌ंस्थित तिलावे पुल नजिक आज विहान सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । दुईटा माेटरसाइकल एकआपसमा ठाेकिदा बसले किचिएर एक जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

सर्लाहीकाे रामनगर गाउँपालिका वडा ६ सिसवा टोल निवासी ३५ बर्षिय अभय झाकाे मृत्यु भएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक (इन्सपेक्टर) धर्मजंङ थिङले वताए ।

ठाेरी पिकनिककाे लागि गइरहेकाे सालिमार ना ८ ख ४८६१ नम्बरकाे बसले किचिएर माेटरसाइकलमा सवार यात्रुकाे मृत्यु भएकाे इन्सपेक्टर थिङले जानकारी दिए ।

उनका अनुसार वीरगंजबाट पाेखरिया तर्फ गइरहेकाे बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकल र विपरित दिशाबाट आइरहेकाे ना ३५ प ६४०० नम्बरकाे माेटरसाइकल एकआपसमा ठाेकिदा बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकलमा सवार यात्रुकाे बसले किचिएर मृत्यु भएकाे हाे ।

अर्काे माेटरसाइकल चालक कालिकामाई गाउँपालिका वडा नम्बर २ निवासी २९ बर्षिय अखिलेश कुमार मण्डल घाईते भएका छन् । घाइतेकाे उपचार वीरगंजस्थित नारायणी अस्पतालमा भइरहेकाे छ भने मृतककाे शव पाेष्टमार्टमकाे लागि नारायणी अस्पताल मै राखिएकाे छ ।

ठक्कर दिने बस र बस चालक सिन्धुलली कमलामाई नगरपालिकाकाे वडा नं. ४ का ५५ वर्षिय बिस्णु कुमार दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० मंसिर १६,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० मंसिर १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद