Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पाँच दिने बहुदरामाईको मेला शुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १२,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । करिब डेढ सय वर्षदेखि लाग्दै आएको बहुदरामाईको मेला यसपालि पनि धुमधामका साथ लागेको छ । कार्तिक पूर्णिमा (सोमबार) देखि पाँच दिने बुहदरामाई मेला  पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर २ ध्यानसिंह पिपरामा लागेको छ ।

पर्सामा थुप्रै मेला लागे पनि यसको आफ्नो छुट्टै पहिचान एवम विशेषता छ । शुरूमा तिलावे खोलाको पश्चिम किनारमा गाईवस्तुको लागि चरण क्षेत्र (रखाँत) थियो । सोही रेखातमा एउटा सर्प निस्कियो ।

उक्त सर्पको पूजापाठ गर्दै गएपछि पिपरा गाउँवासीको रक्षा हुन थालेकाले गाउँलेवासीहरु बहुदरामाईको मन्दिर निर्माण गरी पूजापाठका साथै मेला लगाउन शुरू गरेको गाउँका बूढापाकाहरूले बताउँछन् ।

गाउँँवासीहरुले नदीको पश्चिम किनारमा पहिले एउटा पीपलको रूख नजीकै खपडाको घरमा मन्दिर सञ्चालनमा ल्याए । र सोही बहुदरामाईको नामले प्रत्येक वर्षको कात्र्तिक पुर्णिमामा ५ दिनको लागी मेला लाग्न थालेको छ । वि.स. २०५२–५३ सालमा आएको भीषम बाढीले उक्त पीपलको रूख र मन्दिर बगाएको थियो ।

त्यसपछि त्यहाँ नयाँ र आर्कषक मन्दिर निर्माण भई बहुदरामाईको पूजापाठ र मेला लाग्ने गरेको छ ।

२०७४ सालमा देश सङ्घीयतामा गएपछि उक्त धार्मिकस्थलबाट बहुदरमाई नगरपालिकाको नाम नमाकरण भएको एमाले नेता शिव पटेल बताउँछन् । नेता पटेलका अनुसार सोमबार (हिजो) मेला प्रारम्भ भएको हजारौं श्रद्धालु भक्तजनहरुले मन्दिर नजिकको तिलावे नदीमा स्नान गरी दियो बालेर पूजापाठ गरेका छन् ।

करीब १० बिघा क्षेत्रफलमा लगेको मेलामा एक हजारभन्दा बढी पसल र खाने परिकारका स्टलहरुका स्टल लागेको मेला व्यस्थापन समितिका अध्यक्ष युगलप्रसाद कुर्मीले बताए । मेलामा मिठाइ, माछामासु, तास, सेकुवा लगायतको खानेकुराको स्टल लगाइएको उनले बताए ।

ग्रामीण भेगमा कार्तिक महीनाभर माछामासु खान वर्जित छ । कार्तिक पूर्णिमापछि सबैले मांसहारी खाएर रमाउन पाउने भएकाले बहुदरामाई मेला सबैको रोजाईमा पर्ने गरेको छ ।

मेलामा हरेक वर्षझै यस वर्ष पनि मिठाइका परिकारभन्दा तारेका अन्डा, माछा, मासुका परिकारहरू खानेहरूको भीड बढी देखिएको छ ।

पाँच दिने बहुदराई नगरपालिकामा मंगलबार (आज) भोलिदेखि चार दिनसम्म दिउँसो कुश्ती र राति ८ देखि २ बजेसम्म नाच हुने मेला समितिले जनाएको छ । कुश्तीमा दैनिक पाँच हजारभन्दा बढी र नाचमा तीन हजारभन्दा बढी दर्शकको उपस्थिति हुने समितिका अध्यक्ष कुर्मीको अड्कल छ । नाच र कुश्तीका पात्र प्रत्येक दिन फरकफरक हुने मेला व्यवस्थापन समितिका अध्यक्ष कुर्मीले बताए । सभार : इस्नेश

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० मंसिर १२,मंगलवार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० मंसिर १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद