Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

राष्ट्र बैंकको गलत नीतिका कारण मधेसका नाकाबाट चाँदीको अवैध पैठारी, २ अर्ब राजश्व चुहावट

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १०,आईतवार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१० मंसिर, वीरगञ्ज । राष्ट्र बैंकको गलत नीतिका कारण मधेसका नाकाबाट अवैध रुपमा चाँदीका गर–गहनाको चोरी पैठारी बढेको छ । मधेसका नाकाबाट भित्रिएको चाँदीका गहना देशका विभिन्न शहरका विक्रिवितरण भइरहेको सूनचाँदीको कारोवारीहरुले बताउछन् ।

स्रोतका अनुसार तीन बर्षअघि बार्षिक १ लाख ६७ हजार किलो चाँदी भंसारमा राजश्व तिरेर नेपाल भित्रिएको थियो । तर गत बर्ष २८ हजार किलो चाँदी मात्र बैधानीक मार्ग हुदै नेपाल भित्रिएको भंसार कार्यालयको तथ्यांकबाट प्रष्ट हुन्छ ।

सुनचाँदीको कारोवार गर्ने व्यवसायीहरुको भनाई अनुसार नेपालमा बार्षिक रुपमा न्यूनतम २ लाख किलो चाँदीको कारोवार हुन्छ । सरकारले दुई बर्षदेखि चाँदीको आयातमा नियन्त्रण गरेपछि नेपाली बजारमा भारतबाट अवैध मार्ग हुदै चाँदीका तयारी गरगहना र कच्चामाल भित्रिने गरेको व्यवसायीहरुको भनाई छ ।

नेपाल राष्ट्र बैकले समेत चाँदीको पैठारीमा कोटा प्रणाली लगाउदै नियन्त्रण गरेको कारण चोरी तस्करी हुदै नेपाली बजारमा आउने गरेको व्यवसायीहरुको गुनासो छ । नेपाल राष्ट्र बैकले ६० हजार डलर बरावरको चाँदी एकपटकमा आयात गर्न पाउँने नीति बनाएको छ ।

राज्यको संरक्षणमा चाँदी तस्करी रु

खुला सीमानाकाको फाइदा उठाउदै तस्करहरुले ठूलो परिमाणमा अवैधरुपमा चाँदीको तस्करी गर्दै आएका छन् । राज्यका विभिन्न निकायको संरक्षणमा अवैध मार्ग भएर चाँदी आउने गरेको व्यवसायीहरुको भनाई छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजश्व अनुसन्धान विभागका कर्मचारीको संरक्षणमा चोरी तस्करी बढन थालेको हो । नेपालमा चाँदीका गरगहना देखि विभिन्न डिजाइनका समान बनाउने कारखाना छैन । अहिले व्यवसायीहरुले भारतबाट चाँदीका तयारी गरगहना अवैध मार्ग हुदै ल्याउने गरेका छन् ।

चाँदीका गहना चोरी मार्ग हुदै नेपाल भित्रिएको सूचना राज्यका विभिन्न निकायलाई छ तर उसले रोक्न चाहदैन् । वीरगञ्जका एक व्यवसायीका अनुसार प्रहरीकै संरक्षणमा चाँदी भारतका विभिन्न नाकाबाट नेपाल आउने गरेको छ ।

बार्षिक २ अर्ब राजश्व घाटा

नेपाल राष्ट्र बैकले कुनै एउटा आयातकर्ताले एकपटकमा ६० हजार अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद«ाको सटही सुविधा लिनेगरी चाँदी आयात गर्न पाउँने व्यवस्था गरेको छ ।
जसले गर्दा एउटा आयातकर्ताले प्रति पटक जम्मा ६० के।जी। सम्म आयात गर्न सक्नेछ । नेपालमा चाँदी आयातकर्ताहरुको सँख्या ७ देखि ९ सम्म रहेको छ । जसले गर्दा अहिलेको माग अनुसारको चाँदी आयात हुन नसकेकोले धेरै चाँदीका गरगहना र सजावटका सामानहरु बनाउने उद्योग तथा कारखानाले नियम विपरित विभिन्न विचौलियाहरुबाट चाँदी किन्न बाध्य भएको बताउदै आएका छन् ।

बजारको माग अनुसार चाँदी वैधानीक मार्ग भएर आउन नसक्दा राज्यलाई बार्षिक २ अर्ब राजश्व घाटा भएको छ । सरकारको नीतिले अहिले बार्षिक २८ हजार किलो मात्र नेपालमा चाँदी आउने गरेको छ । जवकी नेपालको बजारमा अहिले पनि चाँदीको माग बार्षिक झण्डै डेढ लाख किलो छ ।

तस्करीमा सुनचाँदी संघका पदाधिकारी संलग्न

व्यवसायीक हितका लागि काम गर्ने उदेश्यले बनेका सुनचाँदी व्यवसायीका पदाधिकारीहरु सुन र चाँदीको तस्करीमा संलग्न हुनेगरेको साना व्यवसायीहरुको आरोप छ । संघका पदाधिकारीहरु नै नेपालबाट भारत तर्फ सुन र भारतबाट नेपालमा अवैध मार्ग भएर चाँदीका गरगहना एवं चाँदीबाट बनेका समान ल्याउने गरेको आरोप साना व्यवसायीहरुको छ ।

सरकारले चाँदी पैठारीमा नियन्त्रण गरेपछि वीरगञ्ज देखि विराटनगर सम्मका व्यवसायीहरुले अहिले बजारमा अवैध रुपमा भित्र्याइएको चाँदीका गरगहना विक्रि गर्दै आएका छन् । पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष समेत रहेका न्यू अभिषेक ज्वेयलर्सका संचालक भूलन सोनारको नाउँ सुनचाँदीको चोरी तस्करीमा आउने गरेको छ ।

संघका अध्यक्षहरुले सुनचाँदी साना व्यवसायीलाई दिने नियम बनाइएकोले पनि उनीहरुले अवैध मार्गबाट माल झिकाएर व्यवसायीहरुलाई वितरण गर्दै आएको एक व्यवसायीले बताए । भूलनले नेपालबाट भारत तर्फ सुन तस्करी गराउने र भारतबाट चाँदी ल्याउने गरेको आरोप उनीमाथि छ । तर उनले भने सरकारले चाँदी आयातमा नियन्त्रण गरेकोले चोरी मार्गभएर सुन चाँदीको कारोवार हुने गरेको बताउछन् ।

समाचार स्रोतका अनुसार सुनचाँदीको कारोवारमा वीरगञ्ज देखि विराटनगर सम्मका ३ दर्जन व्यवसायी प्रहरीको निगरानीमा छन् । वीरगञ्जका सुनचाँदी व्यवसायी अभिषेक सरार्फको नाउँ समेत चर्चामा छ । अभिषेक स्वर्ण रेफ्रेनरी कम्प्युटर प्राली, आर्दश स्वर्णकला केन्द्र, माँ बैष्णवी ज्वेलर्स, सरार्पm ज्वेलर्स उद्योग, श्री प्रभुराम ज्वेलर्स र विशाल स्वर्णकला केन्द्रको नाउँबाट अभिषेकले कारोवार गर्ने गरेको स्रोतको भनाई छ ।

त्यसैगरी वीरगञ्जका शंकर साह सोनारले सिवी ज्वेलर्स र शिवम् ज्वेलर्स, वीरगञ्जकै सन्दीप सरार्फले माँ दुर्ग ज्वेलर्स, माँ लक्ष्मी ज्वेलर्स, आर एण्ड सन्र्स र आरके बुलियन प्रालि मार्फत भएको कारोवारलाई समेत प्रहरीले निगरानी गरेको स्रोतको भनाई छ ।

वीरगञ्जका प्रदीप एण्ड सन्स ज्वेलर्सका संचालक रविन्द्र साह सोनार र केपी स्वर्णकला केन्द्रका संचालक कन्हैया साह सोनारको नाउँ समेत अवैध सुनको कारोवारीको लिष्ट रहेको छ । कन्हैया साह सोनार यसअघि पटक पटक प्रहरी र राजश्व अनुसन्धान कार्यालयले पक्रउ गरेर कार्वाहीमा परेका व्यवसायी हुन ।

जनकपुरका सुनचाँदी व्यवसायी धिरज साह, सञ्जय साह सोनार, दीपेन्द्र साह र प्रदीप साह सोनारको नाउँ सुनचाँदीको अवैध कारोवारमा संलग्न रहने व्यवसायीको सूचिमा रहेको स्रोतको भनाई छ ।
जनकपुरका धिरज साहले डिएस इन्टरनेशनल, जनकपुर गोल्ड सप, न्यू शिवगंगा ज्वेलर्सको नाउँबाट कारोवार गर्दै आइरहेको प्रहरी स्रोतको भनाई छ । जनकपुरकै संजय साह सोनारले दिना ज्वेलर्स, माला ज्वेलर्स र श्री ज्वेलर्स कम्पनीको नाउँबाट सुनचाँदीको अवैध कारोवार गर्दै आइरहेको स्रोतले जनाएको छ ।

त्यसैगरी जनकपुरका दीपेन्द्र साहले लक्ष्मी दीप टेड्रस, सिन्जीनी मार्कन्डीस, श्री शुभांग इन्टरनेशनल र सुन्दर ज्वेलर्स प्रालीको नाउँमा सुनचाँदीको कारोवार गर्दै आएका छन् । प्रदीप साह सोनारले लिला ज्वेलर्स र श्री जानकी ज्वेलर्सका नाउँमा कारोवार गर्दै आएको बुझिएको छ ।सभार रेसखबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–१ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह (पराग)द्वारा घरदैलो कार्यक्रमको औपचारिक सुरुवात
मुख्य समाचार

पर्सा–१ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह (पराग)द्वारा घरदैलो कार्यक्रमको औपचारिक सुरुवात

प्रकाशित : २०८० मंसिर १०,आईतवार
“भाषण होइन, काम चाहियो” नारासहित पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन, पाण्डेप्रति बढ्दो जनविश्वास
मुख्य समाचार

“भाषण होइन, काम चाहियो” नारासहित पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन, पाण्डेप्रति बढ्दो जनविश्वास

प्रकाशित : २०८० मंसिर १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद