वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेजमा शुक्रवार ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सेवा समूह नेपाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको तर्फबाट सहायक प्रहरी निरीक्षक बुद्ध खड्का र राजु चौधरीले ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सेवा समूहका अध्यक्ष अनिकेत पुरी, उपाध्यक्ष सिकेन्द्र साह, सदस्य सञ्जित महतो लगायतको उपस्थिति रहेको थियो ।
ट्राफिक नियम सबैले जानुन् र मानुन् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समूहका अध्यक्ष पुरीले जानकारी दिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस



