Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको नगवा पोखरी छठ घाटको तयारी पनि अन्तिम चरणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

विशाल पटेल

वीरगञ्ज । आजबाट बिधिवत रुपमा छठ पर्व सुरु भएको छ । त्यसकारण अहिले यत्र,तत्र, सर्वत्र छठ घाटकै श्रृङ्गारिने काम भइरहेको छ ।

घडिअर्वा पोखरीको घाटपछि बढी व्रतालु पुग्ने अर्को घाट बीरगन्जकै नगवा पोखरीको घाट । त्यसकारण यहाँको सजावटमा तिव्रता दिइएको छ । छठ पर्व नजिक्दै जाँदा नगवा घाटको सजावट पनि लगभग सकिन लागेको छठ व्यवस्थापन समितिको भनाइ छ ।

समितिका अनुसार नगवा पोखरीको घाटको सजावटको लगभग अन्तिम चरणमा पुगेको छ । तिन दिन बाकीँ रहदाँ वीरगञ्ज वडा नं १६ मा रहेको नगवा पोखरीलाई श्रृङ्गारिने काम लगभग पुरा हुन लागेको नगवा छठ पुजा समितिका अध्यक्ष सुरेशकुमार महतोले जनाए ।

छठ व्यवस्थापन समितिका अनुसार यो घाटमा व्रतालुहरु मात्रै पाँच हजार अट्ने क्षमता छ ।

घाटको सजावटमा १२ लाख

नगवा पोखरी छठको सजावटमा यो वर्ष पनि ठूलै खर्च भइरहेको छ । व्यवस्थापनका अनुसार नगवा छठ घाटको सजावटमा मात्रै यो वर्ष १२ लाखको हाराहारीमा खर्च भइरहेको छ । व्रतालुहरुलाई पर्व मनाउन कुनै किसिमको समस्या नआओस भन्ने हेतुले हरेक पक्षमा उतकृष्ट व्यवस्थापन गरिएको समितिका अध्यक्ष महतोको भनाइ छ ।

नगवा पोखरीमा छठ पुजा गर्ने आउनेहरुको सहजताका लागि २२ लाख रुपैयाँको माटो मात्रै पुरिएको वडा नं १६ का वडाअध्यक्ष पशुराम चौरसीयाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० मंसिर २,शनिबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० मंसिर २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद