Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रधानमन्त्रीलाई प्रदीप यादवको प्रश्न: नारायणी रंगशाला किन गौरवको आयोजनामा परेन ?

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २४,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) प्रमुख सचेतक प्रदीप यादवले वीरगञ्जको ऐतिहासिक नारायणी रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न माग गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकबाट काठमाडौँस्थित मूलपानी क्रिकेट मैदान, मोरङको विराटनगर रङ्गशाला र चितवनको भरतपुर रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गर्दा नारायणी रङ्गशाला छुटाएकोमा उनले असन्तुष्टिसमेत जनाएका छन् ।

‘मूलपानी क्रिकेट मैदान, भरतपुरको क्रिकेट रङ्गशाला र मोरङको विराटनगर रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्दै देशमा खेलकुद सम्बन्धित गतिविधिहरूलाई थप प्रोत्साहित गरी दिनुभएकोमा म यहाँलाई धन्यवाद दिन चाहन्छु । तर वीरगञ्जको ऐतिहासिक नारायणी रङ्गशालासँग विभेद किन? काठमाडौँको दशरथ रङ्गशालासँगै निर्माण भएको नारायणी रङ्गशाला अझै पुनःनिर्माणको लागि सरकारको पर्खाइमा छ । नारायणी रङ्गशाला एउटा आधुनिक एवम् व्यवस्थित रङ्गशाला बन्न सक्ने सामर्थ्य राखेको छ । मधेस प्रदेशको पुरानो एवम् व्यवस्थित रङ्गशाला किन सङ्घीय सरकारको नजरमा पर्न सकेन ?’ उनले प्रधानमन्त्रीलाई सोधेका छन् ।

सांसद यादवले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई नारायणी रङ्गशालाबारे ध्यानाकर्षण पत्र लेख्दै नारायणी रङ्गशालाको जीर्णोद्धार गर्न र यसलाई राष्ट्रिय गौरवको आयोजनाहरूमा समावेश गर्न माग गरेका हुन् । नारायणी रङ्गशाला गौरवको आयोजनामा नसमेटिए वीरगञ्जवासी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने र भविष्यमा त्यस कारण प्रमुख आर्थिक नगर वीरगञ्जमा सृजना हुनसक्ने परिस्थितिको जिम्मेवारी स्वयम् सङ्घीय सरकार हुने चेतावनी यादवले दिएका छन् ।

सांसद यादवले दशरथ रंगशालासँगै निर्माण भएको नारायणीलाई राज्यले उपेक्षा गरेर वीरगंजलाई विभेद गरेको टिप्पणी पनि गरेका छन् । ‘सरकारको यस व्यवहारबाट वीरगञ्जवासी रुष्ट बनेका छन् । असङ्ख्य अवसर र सम्भावनाहरू बोकेको यस रङ्गशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि नबढाउँदा वीरगञ्जवासीले आफूसँग विभेद भएको महसुस गरिरहेका छन् । सयौँ वर्षदेखि विभेदमा पर्दै आएका वीरगञ्जवासीले सङ्घीयता स्थापना पश्चात् विभेदको अन्त्य हुने अपेक्षा गरेका थिए, यद्यपि वर्तमान सरकारले पनि त्यसलाई निरन्तरता दिएको उनीहरूले महसुस गरिरहेका छन् । उनीहरू देशका अन्य स्थानलाई प्राथमिकतामा राख्दा सरकारले वीरगञ्जसँग गरेको उपेक्षाको कारण खोजिरहेका छन् । सम्पूर्ण वीरगञ्जवासीको प्रश्न छ – “सरकारले नै विभेद गर्दा जनता कहाँ जाने?,’ उनले ध्यानाकर्षण पत्रमा प्रश्न गरेका छन् ।

यादवकाअनुसार २०४२ सालमा स्थानीयहरूको जनसहयोगबाट निर्माण भएको रङ्गशाला आज पूर्ण रूपले जीर्ण बनिसकेको छ । खेलमैदानमा अग्ला घाँसहरू उम्रिएका छन् र दर्शक बस्ने ठाउँ भत्किसकेको छ । हालसम्म यसलाई स्थानीय सरकार र वीरगञ्जवासीले आफ्नो प्रयासले जोगाएर राखेका छन् । समय–समयमा थोरै मर्मत सम्भार गरेर भए पनि यसको अस्तित्वलाई बचाएर राखेका छन् ।

‘मुलुकमा विभिन्न कालखण्डमा फुटबल, क्रिकेट लगायत खेलकुदसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको साक्षी बनेको नारायणी रङ्गशालाले देशलाई कैयौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेर दिएको सर्वविदितै छ । आज पनि नारायणीले देशकै दोस्रो ठूलो रङ्गशालाको दर्जा बोकेको छ । तर पनि वर्षौँदेखि यो सरकारको नजरमा पर्न सकेको छैन । जनताको न्यायको मन्दिर सङ्घीय संसदीय मार्फ़त पनि पटक–पटक यस विषयमा आवाज उठाउँदा समेत सरकारको यसमा ध्यान किन पुगेन?’ उनले सरकारलाई प्रश्न गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० कार्तिक २४,शुक्रबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० कार्तिक २४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद