Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

भारत दिल्लीको गढ्वाल डायमण्ड एफ.सी.लाई टाइबेकरमा ३-१ले पराजित गर्दै आयाेजक वीरगञ्ज विजयी सुरुवात

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १८,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । भेट्रान सिटी क्लब वीरगञ्जले विजयी सुरुवात भएको छ । प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जले विजयी सुरुवात भएको हो।

आदर्शनगर खेल मैदानमा शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा भारत दिल्लीको गढ्वाल डायमण्ड एफ।सी।लाई टाइबेकरमा ३(१ले पराजित गर्दै आयोजक वीरगञ्ज विजयी सुरुवात गरेको हो।जितसंगै वीरगन्ज सेमिफाइनलमापनि प्रवेश गरेको छ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेलको अन्तिम निर्णय टाइबेकरबाट गरिएको थियो ।टाइबेकरमा दिल्लीका गोलरक्षक हर्षित बिष्टले वीरगञ्जका तर्फबाट पहिलो प्रहार गरेका कप्तान कृष्ण शाक्यको प्रहारलाई रोक्दै गोल हुनबाट बचाएपनि त्यसपछिका वीरगन्जका जनक कार्की , सुसन थापा र नवीन लामाको प्रहार भने सहजै गोलमा परिणत भएको थियो।

उता दिल्लीका लागि अजय बिष्ट मात्र गोल गर्न सफल भए । सुमित कदयानको प्रहार गोल पोष्ट बाहिर गयो भने संकल्प सिंह र अन्जुल परासरको प्रहार वीरगन्जका गोलरक्षक राजु नगरकोटीले विफल पारिदिएका थिए।

उद्घाटन खेलको म्यान अफ दी म्याच वीरगञ्जका गोलरक्षक राजु नगरकोटी घोषित भए।उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगितामा आइतबारको खेल संकटा क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड नवलपरासीबिच हुने आयोजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए।

यसअघि प्रतियोगिताको समुद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका राजेशमान सिंहले कुनै समय फुटबलको लागि उर्बर भूमी रहेको वीरगन्जमा केहिवर्ष यता उदासीनता आएको बताए ।उनले यो प्रतियोगिताले भने फेरि वीरगन्जमा फुटबल खेलप्रति उत्साह फर्काउने विश्वास आँफुले लिएको बताए ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ। प्रतियोगतामा त्रिुभवन आर्मी क्लब काठमाडौं , नेपाल पुलिस क्लब काठमाडौं , संकटा क्लब काठमाडौं ,चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफ। सी। झापा, आयोजक वीरगन्ज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको गढवाल डायमण्ड क्लब एफ।सी। गरि आठ टिम सहभागी छन्।

वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै हरेक खेलको म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद १० हजार, विधागत तर्फ उत्कृष्ट हुने खेलाडी जनही २० हजार र प्रतियोगिताकै सर्वोत्कृट हुने खेलाडीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० कार्तिक १८,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० कार्तिक १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद