Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भूकम्प प्रभावितको राहत र उद्धारका लागि सम्पूर्ण शक्ति प्रयोग गर्न सरकारलाई ओलीको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १८,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको राहत र उद्धारका लागि सम्पूर्ण शक्ति प्रयोग गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले मधेश प्रदेश कमिटीको आज वीरगन्जमा आयोजित सपथ ग्रहण समारोहमा अध्यक्ष ओलीले शुक्रबार राति विनाशकारी भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा सयौँ सर्वसाधारणको ज्यान गएको र सयौँ घाइते भएको हुँदा पीडितको उद्धार र राहतका लागि सरकारले गर्ने सम्पूर्ण कार्यमा एमालेको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।

अध्यक्ष ओलीले पीडितहरूलाई राहत र उद्धारमा सहयोग गर्न पार्टी कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभएको छ ।

कार्यक्रममा नेकपा एमालेका सचिव एवं मधेश प्रदेश विभाग इन्चार्ज योगेश भट्टराइले मधेशमा बाढी, डुबान हुँदा पहाडले सहयोग गरेको बताउँदै पहाडमा पीडा हुँदा मधेशले पुर्याएको सहयोग अतुलनीय रहेको तथा जाजरकोट र रुकुम पश्चिममा सहयोग गर्न मधेश प्रदेश कमिटीले आर्थिक अभियान चलाइसकेको बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० कार्तिक १८,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० कार्तिक १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद