Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समुदायिक रेडियो नारायणी एफएमको १८ औं वार्षिकोत्सव : ७ महिलासहित ५३ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १८,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मधेस प्रदेशको पहिलो समुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज १८ औं बर्षमा प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

प्रसारण भएको १७ बर्ष पूरा भई १८ औं वर्षमा प्रवेश गरेको अवसरमा राखिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

बीरगन्जको कुमु प्यालेस होटलमा तीन घण्टासम्म चलेको रक्तदान ७ महिलासहित कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । विहान ८ बजेदेखि ११ बजेसम्म रक्तदान कार्यक्रम चलेको थियो ।

सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ र नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले रक्तदातालाई व्लड व्याग हस्तान्त्रण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष विरेन्द्रराज कंडेल र रेडियोका कार्यकारी अध्यक्ष गोविन्द देवकोटालाई लाठ र चौहानले व्लड व्याग हस्तान्त्रण गरेर कार्यक्रमको उदघाटन गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेशका महासचिव श्याम बन्जारा, प्रेस युनियनका सचिव अशोक तिवारी र केन्द्रीय सदस्य श्रीराम रायमाझी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे र जगत राई, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक अभियान्ताहरुको उपस्थित रहेको थियो ।

रक्तदान गर्ने महिलाहरुमा नुतन सरावगी, अप्साना खान, प्रकृति अधिकारी, आरजु देवकोटा, निलम सिंह, सुकृति सिंह, दिर्घ कुमारी थापा, सुनिता कुमारी र रिया भट्टराई छन् ।

पुरुषतर्फ भने बिरेन्द्रराज कँडेल, गोबिन्द देवकोटा, रञ्जित यादव, शब्दर हुसेन, आनन्द साह, बलिराम यादव, रवि कुमार गुप्ता, शिवनाथ यादव, कमल मोहन पोखरेल, रुप नारायण ठाकुर लोहार, किशोर राना मगर, ईश्वर राना मगर, नितिश कुमार सिंह, बिशाल पटेल, दिपेन्द्र साह, आशिष चौहान छन् ।

यसैगरी जोतिलाल पंडित, हरिशंकर कुमार कर्ण, श्याम प्रकाश लाल, अभिशेख तिवारी, गिरिश कुमार, उमेश कुशवाहा, धुरेन्द्र कुशवाहा, सुरेन्द्र राम, जगमोहन पटेल, पुरुषोत्तम पटेल, सदाम हुसेन, सन्दिप साह, धर्मेन्द्र चौरसिया, अजय प्रसाद महतो, प्रभाकर अधिकारी, माधव तिमल्सिना, अभिनाश चौरसिया, रघुनाथ तिमल्सिना, दिनेश कुमार मिश्र, सुजन पौडेल, बिजय कुमार रौनियार, अर्जुन श्रेष्ठ, अभिशेक पटेल, राधेश्याम यादव, ललित धामी, निरज पिठाकोटे मगर, बिबेक खड्का र प्रवेज हवारीसहितकाले रक्तदान गरेका छन् ।

सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल (रेस नेपाल) द्वारा सञ्चालित नारायणी एफएम २०६३ साल कार्तिक ४ गते शनिबार लक्ष्मी पूजाको दिनबाट प्रसारण शुरु गरेको थियो ।

एफएमका अध्यक्ष गोविन्द देवकोटाले रक्तदान गरेर रगत अभावमा जीवन रक्षाका लागि छटपटी रहेका बिरामीहरुको जीवन बचाउन सहयोग गरी पुण्य कमाउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाए ।

उनका अनुसार एफएमले प्रसारणको शुरुवातदेखि नै आम जनताको पीडा र समस्याहरुलाई उजागर गर्दै सम्बन्धित निकायबाट समस्या समाधान गर्न निरन्तर आवाज उठाउदै आइरहेको छ । कतिपय समयमा राज्यको निकायले गर्न नसकेका कामहरुमा पनि एफएमको सहजीकरणमा समस्याहरु समाधान गरिएको अध्यक्ष देवकोटाको भनाइ छ ।

उनका अनुसार रेडियोबाट अरु धेरै काम गरेपनि त्यसमध्ये केही खास कामहरु जस्तै बारा पर्सा औद्योगिक करिडोरमा देखिएको मजदुर आन्दोलनको समस्या, समाजमा विकृतिको रुपमा फैलिएको बोक्सी प्रथा र शान्ति स्थापनाका लागि पनि पहल गरिएर त्यसमा निकास निकालिएको छ ।

कोरोना महामारीमा एफएमलाई नै आईसोलेसन सेण्टर बनाएर जनतालाई निरन्तर सूचना प्रवाह गर्ने काम गरेर विश्वमा नै रेडियो सञ्चालनमा नयाँ उदारणीय काम गरेकोले पनि विश्वभरबाट रेडियोको प्रशंसा समेत भएको देवकोटाले भनाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० कार्तिक १८,शनिबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० कार्तिक १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद