Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्थानीयसँग भेट गर्दै मेयर सिंह, कुनै गुनासो नआउने गरि काम गर्न निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक १३,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, १३ कात्तिक । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सोमबार वडा नं. २२ को जगर्नाथपुर र मनियारीमा स्थानीयसँग भेट गर्दै त्यहाँको समस्या बारे जानकारी लिनु भएको छ ।

जगर्नाथपुरमा आउजाउ गर्न सडकको समस्या रहेकाले यसै आर्थिक वर्षमा सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । यस्तै मुस्लिम समुदायलाई शव अन्त्येष्टिका लागि कबरगाहा निर्माण गर्ने पनि उहाँले बताउनुभयो ।

नजिकिँदै गरेको छठलाई मध्यनजर गर्दै उहाँले छठ घाटको निर्माण र सजावट आकर्षक देखिने गरि गर्न पनि निर्देशन दिनुभयो ।

महानगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर अवधेश कुशवाहा लगायतको टोली सहित पुग्नु भएका मेयर सिंहले महानगरले गर्ने हरेक कार्य गुणस्तरीय रुपमा निर्माण गराउन निरन्तरत अनुगमनमा खट्न पनि इन्जिनियरहरुलाई निर्देशन दिनुभयो ।

स्थानीयको कुनै पनि गुनासो नआउने गरि काम गर्न निर्देशन दिँदै उहाँले तत्काल सडक, कबरगाह र छठघाट निर्माणको काम अघि बढाउने बताउनुभयो ।

वडा नं. २२ का वडा अध्यक्ष द्वारिका महतोले आफ्नो वडा वासीको समस्या बुझ्न मेयर आफैँ वडामा आउनुले आफूहरुलाई काम गर्ने हौसला मिलेको बताउनुभयो ।

यस्तै मेयर सिंहले आजै मनियारीका स्थानीयसँग पनि भेट गर्दै त्यहाँको समस्याका बारेमा जानकारी लिनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० कार्तिक १३,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० कार्तिक १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद