वीरगञ्ज,१२कार्तिक । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ५ निचुटा नौगछियाबाट प्रहरीले लागु ओैषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ सुहपुरका ४५वर्षिय हिरामन यादव रहेका छन् । यादवलाई १० केजी गाँजासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए ।
अस्थायी प्रहरी चाैकी सुपौलीबाट खटिएको प्रहरी गस्ती टोलीले निचुटाकाे नाैगछियास्थित सडकमा यादव सवार बीआर २२ए इ ६७४० नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलमा रहेकाे बाेराबाट उक्त गाँजा बरामद गरेकाे हाे ।
गाँजासहित पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखेर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ।
पर्सामा लागु औषधसहित २ जना पक्राउ
यसैगरी अस्थायी प्रहरी पोष्ट ईनर्वागाँउबाट खटिएको नियमित चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ ईनर्वागाउँ चोक स्थितबाट लागु औषध खैरो हिरोईनसहित सुजन तिवारी र शक्ति परियारलाई पक्राउ गरेकाे हाे ।
भारतबाट नेपालतर्फ आउँदै गरेका संकास्पदरूपमा हिँडिरहेका २ जना व्यक्तिलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा सुजनको साथबाट प्रतिबन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १.५ ग्राम र शक्तिकाे साथबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट ९ पत्तामा ३० ट्याब्लेटका दरले जम्मा २७० पिस नाईट्राभेट ट्याब्लेट फेला परेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी थापाले वताए ।
दुबै जनालाई उक्त लागु औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे डिएसपी थापाले जानकारी दिए ।




