Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विदेशबाट फर्किएकाहरुको नेपालमै सीपलाई उपयोग गर्न निर्देशिका तयार गर्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक ३,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ३ कार्तिक । निजीक्षेत्रका लागि लैंगिक उत्तरदायी आप्रवासी पुन एकीकरण निर्देशिका बनाउने भएको छ । विदेशबाट फर्किएकाहरुलाई नेपालमै रोजगारी गर्ने वातावरण तयार गर्ने तथा विदेशमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने नीतिलाई कार्यान्वयन गर्नका लागि निर्देशिका तयार गर्न लागिएको हो ।

अन्तराष्ट्रिय श्रम संगठनका प्राविधिक सल्लाहाकार र अनुसन्धानकर्ताले विभिन्न सरोकारवाला निकायहरुकासँग छलफल गरेर त्यसको लागि राय सुझाव संकलन गरिरहेको छ । सोही क्रममा वीरगन्जमा हिजो नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समिति र मधेस प्रदेश समितिको व्यावस्थापनमा राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा समूहगत छलफल गरेर सरकार, निजीक्षेत्र, नागरिक समाज, ट्रेडयुनियन लगायतका सरोकारवालाहरुले वन गर्नुपर्ने उत्तरदायित्वको सन्दर्भमा सुझावहरु पेश गरिएको छ । सुझावको रुपमा सरकारले प्रत्येक स्थानीय तहमा आप्रवासीहरुको सूचना संकलन केन्द्र (सेल) स्थापना गर्ने, विभिन्न विषयगत तालिम, प्रशिक्षण,

प्राविधिक शिक्षलयको स्थापना, १३०० डलर भन्दा कम आय भएकाहरुलाई सहुलियत कार्डको व्यावस्था, स्वदेशमा सीप प्रयोग गरेर उद्योग गर्न चाहनेहरुका लागि कर्जा सहुलियत र कर छुट लगायतका व्यावस्था राज्यले गर्नुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै निजीक्षेत्रले रोजगारीको वातावरण बनाउने, व्यावसायिक विकासको प्रोत्साहन लगायतका व्यावस्था गर्ने दायित्व हुनुपर्ने सुझाएका छन् । ट्रेडयुनियनहरुले रोजगारी सृजनाका लागि र श्रमिकहरुको सवालमा अभिमूखीकरण तथा भेला र औद्योगिक शान्तिको वातावरणको सृजना गर्नुपर्ने मुख्य भूमिका हुनुपर्नेमा जोड दिईएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको कार्यक्रममा टे«डयुनियन, विदेशबाट फर्किएकाहरु र निजीक्षेत्रका प्रतिनिधिहरु सहभागी समूहगत छलफलले निर्देशिका निर्माणका लागि आवश्यक राय सुझाव दिएका छन् ।

संकलन गरिएको राय सुझावलाई एकतृत बनाएर निर्देशिका तयार गर्ने तयारी रहेको अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) का प्राविधिक सल्लाहाकार उद्धवराज पौडेलले जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश समितिका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष गणेश लाठ,

वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, मनोज दास, उद्योग विभाग मधेस प्रदेशका महानिर्देशक सुशील साह, नेपाल उद्योग वाणिज्य संघका हरि पौडेल, आईएलओकी अनुसन्धाकर्ता संयुक्ता भण्डारी, ट्रेडयुनियनका अमृतलाल जोशी, लक्ष्मण प्रसाद कुर्मी, कमलेश झा, महानगरपालिकाका सुनिल कर्ण, र विदेशबाट फर्किएका व्यक्तिहरुको उपस्थिति रहेको थियो । #tribunenewsnp

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० कार्तिक ३,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० कार्तिक ३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद