Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पुनमदेवीको हत्या गरेको आरोपमा इमरान मियाँ पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २१,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको छपकैयामा गत शुक्रवार मृत भेटिएकी ब्युटिसियन पुनमदेवी सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार पत्रकार सम्मेलन गरी पुनमदेवीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिका – १ छपकैया निवासी २५ वर्षीय इमरान मियाँलाई सार्वजनिक गरेको हो ।

वीरगञ्ज – १ छपकैयाकै गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी सर्राफ गत शुक्रवार बिहान आफ्नै घरभित्र रक्ताम्मे अवस्थामा अचेत फेला परेकी थिइन् । उपचारका क्रममा उनको सोही दिन मृत्यु भएको थियो ।

पक्राउ परेका इमरानले पुनमदेवीको हत्या आफैँले गरेको स्वीकार समेत गरेको पत्रकार सम्मेलनमा पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले बताए । इमरान लागू पदार्थको दुर्व्यसनीसमेत रहेको अनुसन्धानका क्रममा खुलेको एसपी शाहले जानकारी दिए ।

एसपी शाहका अनुसार गत शुक्रवार बिहान ३ बजेतिर चोरी गर्ने उद्देश्यका साथ पुनमदेवीको घरको झ्यालबाट छतमा चढेर सिँढीघर हुँदै उनी सुत्ने कोठाभित्र पसेका थिए । घरमा एक्लै रहेकी पुनमदेवी उठेर जिउतिया पर्वको तयारीमा लागेकै बेला इमरानसँग उनको जम्काभेट भएपछि दुवै जना बिच घम्साघम्सी समेत भएको थियो । त्यस क्रममा इमरानले फलामको मोटो रडले पुनमदेवीको टाउकोमा चार पटक हानेर रक्ताम्मे बनाए । पुनमदेवी बेहोस भएपछि उनी घरको मूल ढोकाबाट बाहिर निस्किएर ढोकामा बाहिरबाटै चुकुल लगाएर भागे ।

बिहान साढे ३ बजेतिर जिउतीया पर्वका लागि पुनमदेवीकी दिदी उनको घरमा पुग्दा सुत्ने ओछ्यानमा उनी रक्ताम्मे भई अचेत अवस्थामा फेला परेपछि छिमेकीलाई खबर गरेकी थिइन् । सुरुमा उनलाई उपचारका लागि नारायणी अस्पताल लगिए पनि थप उपचारका नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। यद्यपि त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिवार मृतक पुनमदेवीले ब्युटी पार्लर सञ्चालन गरेको घरधनीका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरेको थियो । यद्यपि हत्यामा उनको संलग्नता नदेखिएपछि रिहा गरिएको एसपी शाहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाह । तस्बिर : जोतिलाल पंडित ।

पक्राउ परेका इमरानलाई भने पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको शाहले बताए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई
खेलकुद

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्रकाशित : २०८० आश्विन २१,आईतवार
तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री
आर्थिक

तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री

प्रकाशित : २०८० आश्विन २१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद