Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

‘लाल लाल लेहेंगा’ गाँउदै रक अवतारमा भोजपुरी गायक सुनिल पण्डित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १७,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,१७असाेज । रुस्लान स्टुडियोले चर्चित भोजपुरी गायक सुनिल पण्डितलाई अब रक अवतारमा प्रस्तुत गर्ने भएको छ । स्टुडियोले विज्ञप्ति जारी गर्दै भोजपुरी गीतका हिट गायकसँगको सहकार्यमा रक गीत ल्याउने जनाएको हो ।

कलाकारको मौलिक गीतलाई भिन्न स्वरुप दिंदै सिर्जना प्रवर्द्धन गर्ने उद्देश्य रहेको स्टुडियोले उल्लेख गरेको छ । गत भदौ ६ गते रुस्लान स्टुडियोको घोषणा गर्दै संस्थाले २५ भन्दा बढी गीतलाई नयाँ शैलीमा सार्वजनिक गर्ने घोषणा गरेको थियो ।

सुनिल पण्डितको कुरा गर्दा उनी भोजपुरी गीतमा लोकप्रिय भएकाले सहकार्य गरिएको रुस्लानका मार्केटिङ अफिसर आयुष शाहले बताए ।

मुलुकका सबै भाषा, संस्कृति र जाति-समुदायलाई संगीतमार्फत प्रतिविम्बित गर्ने उद्देश्य स्टुडियोको रहेको उनले जनाए । ‘सुनिल पण्डितको गीत ‘लाल लाल लेहेंगा’ एक सांगीतिक फ्युजन हो जसले स्टुडियोको सांगीतिक विविधतालाई दर्शाउँछ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘मधेसी कलाकारले पाएको यो मायालाई म कहिल्यै भुल्दिनँ,’ एक भिडियो सन्देशमा गायक पण्डितले भनेका छन्, ‘हरेक मान्छेलाई युनिक चीज चाहिन्छ जसलाई रुस्लान स्टुडियोले दिएको छ । यो गीत भोजपुरी क्षेत्र र बिहारतिर गुञ्जिनेभन्दा भिन्न छ ।’

उक्त सन्देशमा पण्डितले दुई दशकअघि शम्भुजीत बास्कोटा संगीतमा आफूले गाएको गीत बिहार र भोजपुरी क्षेत्रमा हिट भएको सम्झिएका छन् । नेपाली गीत ‘आमा मलाई त्यही केटी चाहिन्छ’ र कोमल वली र प्रेमराजा महतले गाएको ‘बाँझो खेतमा’लाई पनि आफूले भोजपुरी भाषामा कभर बनाएको उनले स्मरण गरेका छन् ।

रुस्लान स्टुडियोको थालनी चाहिं सुशान्त केसीको गीतमार्फत भएको थियो । यसबाहेक द एक्स ब्याण्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, कुटुम्ब, एकदेव लिम्बू, समीर श्रेष्ठ, झुमा लिम्बू, द एलिमेन्ट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्याण्ड, व्योमा, मनिष गन्धर्व, दिवस गुरुङ, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द्र, केन्जलमेहर श्रेष्ठ र एएसएमको प्रस्तुति रहने जनाइएको छ ।साभार:अनलाइनखबरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम
खेलकुद

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम

प्रकाशित : २०८० आश्विन १७,बुधबार
सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद