Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामुदायिक विद्यालयमा छड्के अनुगमन, अनुपस्थित प्रअ र शिक्षकसँग स्पष्टिकरण माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १५,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १५ असोज । वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयको पठन पाठन चुस्त बनाउन छड्के अनुगमन पुनः सुरु गरेको छ ।

महानगरको शिक्षा समितिद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादवको नेतृत्वको टोलीले सोमबार वडा नं. १५ र १६ को २ वटा विद्यालयको छड्के अनुगमन गरेको हो ।

विद्यालयको नियमित पठन पाठनको अवस्था, बालबिकास देखि कक्षा ६ सम्मका विद्यार्थीहरुको दिवा खाजाको गुणस्तर, भौतिक पूर्वाधारको अवस्था र सरसफाइ युक्त वातावरण लगाएत समग्र बिद्यालयका अवस्थाका सूचकहरुमा छड्के अनुगमन गरिएको संयोजक यादवले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा वडा नम्वर १५ भिषुवामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा प्रधानाध्यापकसहित ४ जना र वडा नं. १६ को श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय शुक्रराजमा २ जना शिक्षक अनुपस्थित भेटिएका छन् । अनुपस्थित भेटिएका शिक्षकका साथै शुक्रराज आधारभुत विद्यालयका प्रधानाध्यापकको व्यवहार समेत अनुचित देखिएकाले उनलाई पनि स्पष्टिकरण माग गरिएको छ । २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिइएको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछानेले बताउनुभयो ।

महानगरले यस अघि पनि अनुगमनलाई तिब्रता दिएको थियो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर चुस्त बनाउन अनुगमनलाई निरन्तरता दिने संयोजक यादवले बताउनुभयो ।

अनुगमनमा वडा नम्वर ३० का वडा अध्यक्ष मनोज यादव, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायत रहनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन १५,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद