Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको बाल सुधारगृहबाट फरार कैदी ४८ घन्टापछि पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १४,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– ४ बिर्तामा रहेको बाल सुधारगृहका फरार दुईजना कैदीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

गएको शुक्रबार बिहान २ बजेको समयमा जेलको काँडेतार काटेर फरार भएका उनीहरूलाई ४८ घन्टाभित्र प्रहरीले पक्राउ गरिसकेको हो।

फरार भएका कैदीहरू मधेश प्रदेशको सर्लाही र सिराहा जिल्लाका थिए। कर्तव्य ज्यान मुद्दामा परी बाल सुधारगृहमा रहेका फरार सर्लाहीका कैदी भारतको सीतामढीमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

उनलाई शनिबार राति नै पर्साका क्राइम शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक विनोद काफ्लेको टोलीले पक्राउ गरिसकेको हो।

यस्तै, जबर्जस्ती करणी मुद्दामा परी बाल सुधारगृहमा रहेका कैदी सिराहाका कैदीलाई भारतको कुटुनाबाट प्रहरीले पक्राउ परेका गरेको हो।

उनलाई क्राइम शाखाका प्रमुख प्रहरी निरीक्षक डेब्बा शेर्पाको टोलीले आइतबार बिहान १० बजे पक्राउ गरेको हो। प्रहरीले खोजीका दुईवटा टोली बनाएर फरार कैदीहरूको घरदेखि भारतसम्म प्रहरी परिचालन गरेको थियो।

प्रहरीका अनुसार सुधारगृहका दुईजना फरार भएका कैदी वीरगन्जको मुख्य भन्सार नाका शंकराचार्य गेट अगाडिबाट भारततर्फ गएका थिए।

उनीहरू शुक्रबार बिहान ५ बजेको समयमा सँगै एकआपसमा कुराकानी गर्दै खाली खुट्टा हिँडेर रक्सौलतर्फ गइरहेको अवस्थामा प्रहरीको सिसिटिभी क्यामेरामा देखिएपछि प्रहरीको टोली खोजीमा भारत प्रवेश गरेको थियो।

प्रहरीले रक्साेलमा पुगेर रेल्वे स्टेसनको क्यामेरा पनि चेकजाँच गरेको भए पनि उनीहरू देखिएका थिएनन्।पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम साहले फरार भएको कैदीले प्रहरीले पक्राउ गरिसकेको पुष्टि गरेका छन्। फरार भएका कैदीलाई पक्राउ गरेर अहिले नेपाल भएर पर्सा ल्याउने काम भइरहेको उनले बताए।

उनले कैदीहरू फरार भएपछि त्यसप्रकारको कुनै अर्को घटना हुन नदिन अभियुक्त ओसार–पोसार गर्ने प्रहरीलाई सतर्क हुन कडा रूपमा निर्देशन नै दिएका थिए। जिल्लामा खटिएका प्रहरीलाई निरन्तर गस्ती र तैनाथ रहने गरी ड्युटी गर्न सर्कुलर गरेको अवस्था छ।

यसअघि उक्त कैदीहरूले साउन २६ मा आन्तरिक विवाद गरी तोडफोड नै गरेका थिए । उनीहरूले गत भदौ ८ गते भक्तपुर सुधारगृहमा रहेकामध्ये १८ जनालाई स्थानान्तरण गरी वीरगन्ज आएकै दिनदेखि आन्तरिक विवाद सुरु गरेका थिए।

सरकारले उपलब्ध गराएको सम्पूर्ण सुविधाको ग्यारेन्टी गर्न, पठनपाठनको व्यवस्थापन गर्न, बिजुली र सफा खानेपानीको व्यवस्थापन गर्न ,खानाको मात्रा पर्याप्त र गुणस्तरीय बनाउनेजस्ता समस्या सुनाएका थिए।

साथै उनीहरू प्रहरी प्रशासनको ज्यादती आफूहरूलाई मान्य नहुने र बाल सुधारगृह सुधार गर्ने खालको हुनुपर्ने र त्यस्तै वातावरणमा बस्न पाउनुपर्ने माग गरेका थिए।

पत्रकार र मानव अधिकारकर्मीहरूको अगाडि कैदी र प्रशासनको वार्तापछि उनीहरूको समस्या सम्बोधन गर्न स्थानीय प्रशासन तयार भएपछि समस्या समाधान भएको थियो। सभार : नयाँ पत्रिका

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० आश्विन १४,आईतवार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० आश्विन १४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद