Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जेजेवाईसि बाराले समाजिक तथा आर्थिक बिकासमा योगदान दिएको छ – उपेन्द्र यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १३,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कलैया,असोज १३
गैरसरकारी संस्था जनजागरण युवा क्लब कलैया बाराले आफ्नो २५ औ एतिहासिक बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बारा सदरमुकाम कलैया स्थित होटेल करण राज पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा संस्थाले हाल सम्म सन्चालन गरेको कार्यक्रम तथा विभिन्न समाजिक गतिविधिको बृत चित्र समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी महागढिमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले जेजेवाईसिले बाराको समाजिक,आर्थिक तथा राजनैतिक बिकासमा अतुल्य र महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनु भयो । नगर प्रमुख यादवले बाराको हरेक गाउँ र टोल टोलमा २५ औ बर्ष देखि लगातार बारा मात्र नभएर मधेसको विभिन्न जिल्ला सहित बाके बर्दिया सुनसरी,मोरङ्ग,मकवानपुर र गोर्खा जस्ता जिल्लामा समेत विभिन्न कार्यक्रम संचालन गर्दै आएको सन्स्थाले जानकारी गराउदा आफू अत्यन्तै प्रभावित भएको बताउनु भयो । नगर प्रमुख यादवले मधेसको समुचित बिकासमा जनजागरण युवा कलबको योगदान नभैइ नहुने जस्तो रहेको त्यसैले संघीय सरकार प्रदेश सरकार र स्थानिय सरकारहरुले जनजागरण युवा क्लब सङ्ग बिशेष अभियान चलाएर यो प्रदेशकै विभिन्न छेत्रको बिकास गराउन सकिने बताए ।

प्रमुख अतिथि यादवले महागढिमाई नगरपालिकाले सो क्षेत्रमा रहेको समाजिक रुपान्तरणका लागि मिलेर कार्य गर्ने बताए । यादवले साधारणसभा को सफलताको कामना गर्दै आज कार्यसमितिमा चयन हुने नया समितिहरुलाई अग्रिम सुभकाम्ना सहित सफल कार्यकालको सुभकामना समेत व्यक्त गरेका थिए । सरकारले अनुचित लेनदेनमा ल्याएको बिधेक जस्तै बालबिवाह,बहुबिवाह र दाइजो प्रथा जस्ता समस्यालाई पनि बिधेयक ल्याएर फास्ट ट्राकबाट न्याय दिन आग्रह गरे । बारामा विभिन्न समयमा आएको बिपदमा भगवान जस्तै भएर जेजेवाईसिले काम गर्दै आएको बताउनु भयो ।

प्रजिअ नवराज सापकोटाले बारामा ३ हजार ६ सय संस्था दर्ता रहेपनी बारामा थोरै संस्थाले जनताका बिषयमा रास्ट्रीय स्तरमा धेरै योगदान दिएको भन्दै प्रसंशा गरे । बाराको हरेक छेत्रमा जेजेवाईसीले काम गरेको र खासगरी महिलाको छेत्रमा उल्लेखनीय योगदान दिदै आएको बताउनु भयो । जिल्लाको अधिकान्स महिला उप मेयर निर्वाचित भएपनी सबै काम वहाहरुको श्रीमान्ले गरेको देख्दा दुख लाग्ने गरेको र संस्थाको उदेश्य प्राप्त गर्ने कार्य दिशा तर्फ बढ्नुपर्नेमा वहाले जोड दिनु भयो । प्रजिअ सापकोटाले बारामा बाल बिवाह र दाइजो प्रथा बिकराल समस्या रहेको बताउदै हामी सबै यो महारोगको अन्त्य गराउन लाग्नुपर्ने बताए । आफू आएदेखी अहिले सम्म ३० जोडिलाई न्याय दिलाउन नागरिकता बनाउन लगाएको सापकोटा ले बताए । सिडिओ सापकोटाले यहाको समाजले गरिब जनता सङ्ग बिवाहमा जबर्जस्ति भोज गराउन मिटर ब्याजमा पैसा दिएर लुट्ने सम्मको पाप्को काम बारामा भैरहेको जनकारी दिदैं समाज र स्थानिय सरकार लाग्नुपर्नेमा जोड दिए ।

जेजेवाईसी रास्ट्रीय स्तरको गैरसरकारी सन्स्थामा १०५ जना सदस्य रहेको र यसमा ७ सदस्यीय कार्यसमिती रहेको ,संस्थामा हाल ५० जना महिला र २२ पुरुष गरि ७२ जना कर्मचारी कार्यरत रहेको यो संस्थाले १२ जिल्ला ५ वटा प्रदेश मा काम गरिसकेको संस्थाका कार्यकारी निर्देशक श्रीनिवास बैठाले जानकारी गराए । बैठाले संस्थाले खासगरी स्वच्छ खानेपानी,सुशासन,कृषि,बिपद ब्यवस्थापन,जिविको पार्जन,स्वास्थ,समावेशी शिक्षा,जलबायु परिवर्तन,युवा बिकास जस्ता छेत्रमा कार्य गर्दै आएको जानकारी गराए ।

जेजेवाईसिका अध्यक्ष भैयाराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथिहरु बाराका प्रजिअ नवराज सापकोटा,बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले ,रास्ट्रीय अनुसन्धान बाराका प्रमुख अभिनव सिंह,बिश्वास एफएम को सन्चालिका प्रीयन्का कुमारी दास,जेजेवाईसिका उपाध्यक्ष राजदेव साह,सचिव ममता झा,सह सचिव लक्ष्मी पास्वान,कोषाध्यक्ष सियाराम यादव,प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादव,फाईनान्स म्यानेजर दिपेन्द्र कुमार गुप्ता,अजय कुश्वाहा,कार्यक्रम सन्योजक,कार्यक्रम प्रबन्धक मनोज यादव सहित १४८ जनाको उपस्थिति रहेको थियो ।
निशा पन्तले सन्चालन गरेको कार्यक्रममा स्वागत संस्थाको सचिव ममता ओझाले गरेकी थिइन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन १३,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद