Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राउन्ड टेबलद्वारा निर्मित कक्षाकोठाको सांसद यादवले गरे उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ सुखचैनास्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा राउन्ड टेबल नेपालले निर्माण गरेको कक्षा कोठाको र्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले उद्घाटन गरेका छन् ।

राउन्ड टेबल नेपालले राउन्ड टेबल नेपाल – ३ सँगको सहकार्यमा निर्माण गरेको कक्षा कोठाको पूर्व मन्त्री समेत रहेका यादवले शुक्रवार उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चताको कार्यक्रममा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले युवाहरूको संस्था राउन्ड टेबल नेपालले समाज प्रतिको आफ्नो दायित्वलाई बुझ्दै निरन्तर गर्दै आइरहेको परोपकारी कामको प्रशंसा गरे । शिक्षामा लगानी गरेर राउन्ड टेबल नेपालले देशको भविष्य निर्माणमा योगदान गरिरहेको बताउँदै अन्य सङ्घ संस्थाहरूले पनि उनीहरूबाट प्रेरणा लिनुपर्ने बताए ।

युवा उद्यमीहरू मिलेर बनेको संस्थाले गरिरहेको कामलाई निरन्तरता दिन आग्रह गर्दै उनले नेपाल सरकारले पनि राउन्ड टेबल नेपाल जस्तो संस्थाका विशेष सम्मान गर्नुपर्ने बताए । यसका लागि आफूले सरकारसँग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

“फ्रीडम थ्रु एजुकेसन” कार्यक्रम मार्फत ३० लाख रुपैयाँको लागतमा राउन्ड टेबल नेपाल – ३ ले स्कूलमा २ वटा कक्षाको कोठा निर्माण गरेको हाे। एउटा कोठामा कम्तीमा पनि ५० जना विद्यार्थी अटाउने क्षमता रहेको संस्थाका अध्यक्ष अङ्कुर भंगरले बताए ।

भंगरकै अध्यक्षतामा भएको कार्यक्रममा राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष राहुल अग्रवाल, बीरगन्ज – २१ का वडाध्यक्ष राधा कृष्ण साह रौनियार, रूङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रूङ्गटा, जनता समाजवादी पार्टी नेपालका युवा नेता सरोज यादव लगायतको सहभागिता रहेको थियो ।

राउन्ड टेबल नेपालले यसअघि पनि वीरगञ्जलगायत पर्सा, बारा, रौतहट लगायत तराई – मधेसका जिल्लाहरूमा स्कूल निर्माणदेखि छात्रवृत्ति, पठनपाठन लगायत स्कूलका लागि आवश्यक सामग्रीहरू वितरण गर्दै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद