Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चाडपर्वलाई लक्षित गरी वीरगञ्जमा बजार अनुगमन तीव्र बनाउने निर्णय

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १०,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आउँदै गएको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी बजार अनुगमन कार्यलाई तीव्र पार्ने भएको छ ।

महानगरपालिका कार्यालयअन्तर्गतको बजार व्यवस्थापन तथा अनुगमन समितिको बुधवार बसेको बैठकले चाडपर्वका बेला बजार तथा पसलमा व्यापारीले कृत्रिम अभाव सृजना गर्ने तथा कालोबजारी गर्ने सम्भावना बढी हुने भएकाले त्यसलाई रोक्न बजार अनुगमनलाई अझ प्रभावकारी र तीव्र पार्ने निर्णय गरेको हो ।

उपमेयर समेत रहेका समितिका संयोजक इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकले बजार अनुगमन प्रभावकारी बनाउँदै कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने र ग्राहकलाई ठग्ने पसल र फर्मका सञ्चालकलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय पनि गरेको छ ।

बैठकमा अनुगमन समितिका संयोजक एवम् उपमेयर आलमले दसैँ, तिहार, छठ लगायत चाडपर्वका समयमा बजारमा उपभोक्ता ठगिने सम्भावना बढी हुने भएकाले बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, उपमेयरका निजी सचिव रबिनन्दन सिंह, कार्यपालिका सदस्य कन्हैया ठाकुर, प्रहरी निरीक्षक पुष्कर बोगटी, ट्राफिक प्रहरी निरीक्षक भास्कर खतिवडा, सशस्त्र प्रहरीका प्रतिनिधि कमलेश पुरी, होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्त, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सुरेश कुमार रुङ्गटा, खाद्य अधिकृत विपिन कुमार, उपभोक्ता अधिकारकर्मी अजित भुजेल, पत्रकार राहुल गुप्ताको लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन १०,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन १०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद