Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गुनासो सुन्दै मेयर गाउँगाउँमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ६,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ६ असोज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गाउँगाउँ पुगेर स्थानीयसँग भेट गर्नुका साथै उनीहरुको गुनासो तत्काल सम्बोधन हुने गरि अभियान सुरु गर्नु भएको छ ।

हरेक दिन एक टोलमा पुगेर त्यहाँको समस्या सुन्नुका साथै गर्नु पर्ने कामका बारेमा स्थानीयसँग सुझाव लिने काम गर्नु भएको हो ।

वीरगंजको विकास हुने गरि स्थानीयकै माग अनुसार विकास निर्माण तथा स्वास्थ्य शिक्षा जस्ता विषयमा रणनीति बनाउनुका साथै सल्लाह सुझाव अनुसार काम गर्न आफू गाउँगाउँ आउन सुरु गरेको मेयर सिंहले बताउनुभयो ।

शुक्रबार वडा नं. २९ मुसैलीमा स्थानीयसँग भेट गर्दै त्यहाँको समस्या सुन्नुका साथै स्थलगत रुपमा नै गाउँको अवलोकन गरि तत्काल स्थानीयको माग अनुसारको काम सुरु गर्न प्राविधिक टोलीलाई निर्देशन दिनुभयो ।

महानगरभित्रको ग्रामिण क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै उहाँले त्यसका लागि बजेट छुट्याएर काम अघि बढाएको बताउनुभयो ।

स्थानीयले मुसैली चोकदेखि उत्तर पूर्व सडकमा नाला निर्माण गर्न, सडक निर्माण गर्न, मन्दिर तथा स्वास्थ्य संस्थाको सेवा चुस्त पार्न आग्रह गरेका थिए ।

वडा नं. २९ का वडा अध्यक्ष धर्मेन्द्र चौधरीले आफू वडाको विकासका लागि स्थानीयको राय बमोजिम अघि बढेको भन्दै त्यसका लागि मेयरलाई आफूले झकझकाउन नछाड्ने बताउनुभयो ।

कार्यक्रममा महानगरका योजना प्रमुख इन्जिनियर अवधेस कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश आमात्य, स्थानीय बासिन्दा तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८० आश्विन ६,शनिबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०८० आश्विन ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद