Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धर्म संस्कृतिको संरक्षण नै हाम्रो पहिचान हो : मेयर सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ५,शुक्रबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ५ असोज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हराउन लागेका संस्कृतिको संरक्षण र त्यसको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको बताउनुभएको छ ।

आफ्नो धर्म सस्कृतिको रक्षा र संरक्षण बाट मात्रै आफ्नो पहिचान स्थापित हुने भएकाले त्यसको संरक्षणमा सबै लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

नव जनकल्याण युवा संजालको आयोजनामा बिहीबार साँझ आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

संजालले कृष्ण अष्ठमीको अवसरमा वीरगंजबाट लोप भएको झुलन महोत्सव आयोजना गरि झुलन संस्कृतिको पुनर्ताजगी गराएको थियो ।

महोत्सवमा विभिन्न चरित्रको भुमिका निर्वाह गरेका बालबालिकालाई कार्यक्रमको अवसरमा सम्मान गर्दै मायाँको चिनो तथा प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

विगतमा कृष्ण जन्माष्ठमीका बेला भब्य रुपमा लाग्ने झुलन महोत्सव केही वर्ष यता हराउँदै जाँदा अहिले नयाँ पुस्ताले उक्त संस्कृति देख्नबाट बन्चित हुन परेको थियो । संजालको सकृयता र महानगरपालिकाको सहयोगमा यस वर्ष कृष्ण जन्माष्ठमीका दिन यो महोत्सव देखाइएको थियो । अब हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिने संजालका अध्यक्ष मो.सगिर अलिले बताउनुभयो । जाति र धर्म भन्दा माथि उठेर सामाजिक सद्भाव कायम गर्दै धर्म संस्कृतिको रक्षाका लागि सबै लाग्नु पर्नेमा संजालका अध्यक्ष अलिले जोड दिनु भयो ।

कार्यक्रम संयोजक रमिता मायाँ गुप्ताको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, साबिह दरबारका अध्यक्ष उमेशलाल सहनी, महानगरप्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, रा.प्र.पा.का नेता नरेस साह कानु, गहवामाई अतिथि सदनका दिना गुप्ता, अमित सिंह, अंजन गुप्ता, विजय सर्राफ लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८० आश्विन ५,शुक्रबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८० आश्विन ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद