Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज – रक्सौल मितेरी पुलमै भारतीय सीमा सुरक्षा बलको चेक पोस्ट

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ३,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल भारत सीमा क्षेत्रअन्तर्गत वीरगञ्ज – रक्सौलको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) चेक पोस्ट स्थापना गरेको छ ।

नेपालको मुख्य प्रवेशद्वारका रूपमा समेत परिचित वीरगञ्ज – रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा एसएसबीले बुधवार बिहानदेखि चेक पोस्ट स्थापना गरेको हो ।

चेक पोस्टमा खटिएका एसएसबी जवानहरूले दुवै तर्फबाट आवतजावत गरिरहेका सवारीसाधनलाई चेकजाँच गरिरहेका छन् । यस नाकाबाट दिनहुँ लाखौँको सङ्ख्यामा मान्छेहरू व्यावसायिक, धार्मिक र पारिवारिक कामले आवतजावत गर्छन् ।

एसएसबीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माले चेक पोस्ट स्थापना गर्न एसएसबीले अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेको दाबी गरे । उनले चेक पोस्ट पनि भारतीय भूमिमै रहेको बताए । ‘चेक पोस्ट स्थापना गर्दा भारतले नेपालसँग भएका कुनै पनि सम्झौता अथवा सन्धिको उलङ्घन गरेको छैन,’ उनले भने, ‘दुवै देशको सुरक्षा, मानव तस्करी र चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले चेक पोस्टको स्थापना भएको हो । यसको कुनै पनि राजनैतिक अथवा कूटनीतिक उद्देश्य छैन ।’

इन्स्पेक्टर शर्माले एसएसबीको केन्द्रीय सर्कुलर अनुसार यस नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनु पनि पोस्ट स्थापना गरिएको जानकारी दिए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) शिव प्रसाद लम्सालले मितेरी पुल नेपाल र भारत दुवै भएको बताउँदै स्थापित चेक पोस्ट भारतीय भूमि मै रहेको प्रस्ट पारे । उनले चाडपर्वलाई लक्षित गरेर एसएसबीले अस्थायी रूपमा चेक पोस्ट स्थापना गरेको बताए ।

सहायक सिडिओ लम्सालले पनि यस नाकाबाट आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन पनि एसएसबीले पोस्ट स्थापना गरेको बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगञ्जका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) किशन कर्माचार्यले पनि सिडिओ लम्सालकै कुरालाई दोहोर्‍याए । उनले पनि चेक पोस्ट भारतीय भूमि मै रहेको बताए ।

यद्यपि भारतीय सुरक्षा एजेन्सीहरूले दशगजा क्षेत्रमा कुनै पनि किसिमको चेक पोस्ट स्थापना गर्न नपाउने विज्ञहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सन्धिअनुसार विशेष परिस्थिति बाहेक अन्य समयमा चेकपोस्ट राख्न नपाइने उनीहरूको भनाई छ । सभार : यात्रा डेली

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० आश्विन ३,बुधबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० आश्विन ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद