वीरगञ्ज । पूर्व–पशिचम लोकमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनमा आठ जना घाइते भएका छन्।
लोकमार्ग अन्र्तगतको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जमा बुधबार बिहान ना १ ज ३८४७ नम्बरको सुमो अचानक ब्रेक फेल भई दुर्घटनामा परेको थियो। निजगढबाट काठमाडाैँतर्फ जादै गरेको सुमो दुर्घटना हुँदा सोमा सवार आठ जना यात्रु घाइते भएका छन्। उनीहरुमध्ये एक जना सिन्धुली दुधौली नगरपालिका–९ बस्ने ७ बर्षका बालक किसान पोखरेलको अवस्था गम्भीर रहेको बाराका प्रहरी प्रबक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
गम्भीर घाइते भएका बालकको टाउकामा चोट लागेकोले उनको बाराकै परवानीपुरस्थित एल एस न्युरोमा उपचार भइरहेको न्यौपानेले बताए।अन्यको भने स्थानीय मेडिकलमा उपचार भइरहेको उनले बताए। सुमो र चालक निजगढ नगरपालिका–९ बस्ने दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। सभार : देश सञ्चार



