Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रतिबन्धित लागु औषधसहित वीरगञ्जबाट तीन जना बालक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ३१,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जबाट लागु औषधसहित तीन जना बालक पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ ब्रम्हचोकबाट लागु औषध नाइट्राभेट ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक, भक्तपुर र बाराका तीन जना बालक रहेको प्रहरीले जनाएको छ । उनिहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

नाइट्राभेट ट्याब्लेट ३३७ पिससहित भक्तपुरको चाँगुनारायण नगरपालिका ७ का १६ वर्षिय , सिन्धुलीको सुनकोशी गाँउपालिका २ का १७ वर्षिय र बाराको प्रसौनी गाँउपालिका ३ का १७ वर्षिय बालकलाई लागु पदार्थसहित पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।

ब्रम्हचोकमा चुरो सेवन गरेर बसिरहेको अवस्थामा उनिहरुलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट ३३७ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरिएको थापाले बताए ।

पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर उनिहरु विरुद्ध लागु औषध सम्बन्धि कसूर मुद्दामा आइतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० भाद्र ३१,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० भाद्र ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद