वीरगञ्ज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजना तथा वीरगंज सामुदायिक आँखा अस्पतालको सहयोगमा निसुल्क आँखा तथा दात चेकजाँच सम्पन्न भएको छ ।
जिल्ला पर्सा वीरगंज महानगरपालिका बडा नं.४ भगवती टोल स्थित मनकामना सेकेण्डरी स्कुलको प्राङ्गणमा १५३ जना विधार्थीहरुलाई निःशुल्क आँखा तथा दाँत चेकजाँच गरिएको थियो ।
उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा बडा समिति कार्यालय बडा नं.४ का बडाअध्यक्ष जगत साह कानुको प्रमुख आतिथ्यमा, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी सहायक निरीक्षक रंजित कुमार ठाकुर , मनकामना सेकेण्डरी स्कुलका प्रधानाध्यापक पुरन प्रधान, शिक्षक रंजित श्रीवास्तव, सुनिल यादव, ज्योती आर्या, वीरगंज सामुदायिक आँखा अस्पतालका डाक्टर प्रेम घिमिरे, नयन यादव,सालिनी गिरी लगायत सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ,प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल र प्रहरी जवान दिपेन्द्र कुमार यादवको समेत उपस्थित रहेको थियो ।




