Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ३१,आईतवार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एसीसी एसिया कप क्रिकेटको उपाधिका लागि आज आइतबार भारत र श्रीलंका भिड्दैछन्।

श्रीलंकाको प्रेमदासा स्टेडियममा आज दिउँसो सवा ३ बजे खेल शुरु हुनेछ। ६ पटकको विजेता श्रीलंका र ७ पटकको विजेता भारतबीच एसिया कपमा दोस्रो पटक खेल हुन लागेको हो।

भारतले सुपर फोरमा श्रीलंकालाई नै पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो। २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ रनमा अल आउट भएको थियो। श्रीलंकाले उपाधि दाबेदार पाकिस्तानलाई २ विकेटले हराएर भारतसँगको भेट पक्का गरेको हो।

एसिया कपको फाइनलमा यी दुई टोलीबीच ८ पटक आमने सामने भएका छन्। पाँच पटक भारतले श्रीलंकालाई हराएर उपाधि जितेको छ भने श्रीलंकाले ३ पटक भारतलाई हराएर उपाधि आफ्नो पक्षमा पारेको छ। फाइनलअघि दुवै टिमलाई खेलाडीको चोटले झट्का लागेको छ।

आज हुने खेलमा श्रीलंकाका स्पिनर माहिस थिक्सानाले एसिया कपको फाइनल खेल गुमाउने भएका छन्। भारतविरुद्धको खेल उनले चोटका कारण गुमाउने भएका हुन्। २३ वर्षीय थिक्साना सुपर फोर अन्तर्गत पाकिस्तानसँगको खेलमा घाइते भएका थिए। उनको दाहिने ह्यामिस्ट्रङमा समस्या देखिएको थियो। स्क्यानपछि उनले खेल्न नसक्ने निश्चित भएको श्रीलंका क्रिकेट बोर्डले जानकारी दिएको छ।

जारी प्रतियोगितामा थिक्सानाले ५ खेलमा ८ विकेट लिएका छन्। थिक्सानाको स्थानमा साहन आराचिगीले खेल्ने भएका छन्। त्यस्तै, भारतका अल राउन्डर अक्षर पटेल पनि चोटकै कारण श्रीलंकासँगको खेल गुमाउने भएका छन्। उनी शुक्रबार बंगलादेशविरुद्धको खेलमा घाइते भएका हुन्। अक्षर पटेलको स्थानमा वासिङटन सुन्दरलाई टिममा बोलाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० भाद्र ३१,आईतवार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० भाद्र ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद