Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिमरा विमानस्थल स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २८,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बारा । नागरिक उड्डयन प्राधिकरणले बाराको सिमरा विमानस्थलको स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन ९पार्किङ० निर्माण तथा विस्तारका लागि ९६ करोड ७३ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जसमा सिमरा विमानस्थलको भागमा ५ करोड २४ लाख रुपैयाँ परेको हो । सिमरा विमानस्थलको ट्याक्सी–वे ओभरले र विमानस्थल सुरक्षाका लागि तार-बार गर्नका लागि पाँच करोड २४ लाख ४४ हजार रुपैयाँ छुट्याइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । प्राधिकरणका अनुसार सिमरा विमानस्थलमा गत आर्थिक वर्ष २०७९/८० मा भने १० करोड १६ लाख ४१ हजार रुपैयाँ लागतमा सम्झौता भएको थियो ।

यस्तै विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि १० करोड, धनगढी विमानस्थलका लागि १ करोड २० लाख, मुगुको ताल्चा विमानस्थलका लागि ४ करोड ४४ लाख २४ हजार, इलामको फाल्गुननन्द सुकिलुम्बा विमानस्थलका लागि १ करोड र गोरखाको पालुङटार विमानस्थल सुदृढीकरणका लागि ४ करोड ४२ लाख ४७ हजार रुपैयाँ छुट्याइएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, महेन्द्रनगर विमानस्थलका लागि ९ करोड ७६ लाख ९९ हजार रुपैयाँ , चितवनको मेघौली विमानस्थलका लागि १ करोड ९ लाख रुपैयाँ, रूकुमको चौरजहारी विमानस्थलका लागि २२ करोड १२ लाख रुपैयाँ छुट्याइएको छ । सभार : हमार वीरगञ्ज

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० भाद्र २८,बिहीबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० भाद्र २८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद