Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

औषधी व्यवसायी सङ्घको अध्यक्षमा वीरगञ्जका खण्डेलवाल विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २४,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल औषधी व्यवसायी सङ्घ (एनसीडीए) को अध्यक्षमा प्रकाश कुमार खण्डेलवाल विजयी भएका छन । वीरगञ्जमा भएको १४ औं अधिवेशनको निर्वाचनबाट खण्डेलवाल अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षका अर्का प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई १७ मत प्राप्त गरेका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल सर्वाधिक १४१ मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत मात्रै ल्याएका छन ।

त्यस्तै आयातकर्ता तर्फको उपाध्यक्षमा रामचन्द्र शर्मा १११, उपाध्यक्ष (थोक) टंक प्रसाद अधिकारी १३१, खुद्रातर्फ यामनाथ पौडेल १०७ मतले विजयी भएका छन् । त्यसैगरी महासचिवमा श्रीधर खनाल ९७ मत ल्याएर विजयी भएका छन ।

कोषाध्यक्षमा सम्राटमान जोशी ९८ मत ल्याएर विजयी भए भने सचिवमा कृष्णा बहादुर रोकाया १०७ मत ल्याएर विजयी भएका छन् । । त्यसैगरी खुल्ला सदस्यहरुमा बद्री प्रसाद खनाल १३१, भुवनेश्वर बुढा मगर ९५, कञ्चन शर्मा खतिवडा १०५ र सरला कुमारी विष्ट १३५ मतले निर्वाचित भएको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए ।

उनका अनुसार यसअघि उपकोषाध्यक्षमा कविराज कडेंल र आयात, थोक, खुद्रा तथा महिलातर्फको केन्द्रीय केन्द्रिय सदस्य निरविरोध निर्वाचित भएका थिए । निर्वाचनमा १९५ जनाले मतदान गरेका थिए ।

नेपाल औषधी व्यवसायी संघको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन भएको हो । यसअघि भदौ २२ गते उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशनको उदघाटन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० भाद्र २४,आईतवार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० भाद्र २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद