वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वार्ड न १६ नगवामा रहेको सनलाइट +२ कलेजमा बाल दिवसको उपलक्ष्यमा कक्षा ११ को विद्यार्थीहरुबिच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सो कलेजमा ब्यवस्थापन संकायका दुई सेकसन S&S र C&C बिच प्रतिस्पर्धा भएको थियो । C&C सेकसन ले १७ अंक ल्याइ विजयी भएको थियो । S&S सेकसन ले मात्र ६ अंक ल्याएको थियो ।
सो कार्यक्रम कलेजको निर्देशक रंगराजन चौरसिया , उपनिर्देशक फिरोज बदशाह सामाजिक शिक्षक विवेक गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रमको सहजीकरण शिक्षक दिनानाथ साहले गर्नु भएको थियो ।
बिजेता बिद्यार्थीहरुलाई कलेजको निर्देशक रंगराजन चौरसियाले पुरस्कार बितरण गर्नु भएको हो साथै वहाँले प्रत्येक शुक्रबार कलेजमा Extra activities हुने जानकारी गराउनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस



