Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा शैक्षिक संस्थाको अनुगमन निरन्तरता ( फोटो सहित )

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १९,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १९ भदौ । वीरगञ्ज महानगरपालिकाले शैक्षिक संस्थाको अनुगमनलाई निरन्तरता दिएको छ ।

अनुमति नलिई र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थालाई सिल गर्ने अभियानलाई निरन्तरता दिँदै महानगरले मङ्गलवार पनि दुई वटा संस्थामा सिलबन्दी गरेको छ ।

महानगरअन्तर्गतको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको महानगरको टोलीले वीरगञ्ज महानगरपालिका – ८ स्थित युनिभर्सल प्लस टु कलेज र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो ।

वीरगञ्ज – १५ मा रहेको युनिभर्सल सेकेण्डरी स्कूलले कक्षा ११ र १२ सञ्चालन गर्न लिएको अनुमतिलाई दुरुपयोग गर्दै नियम विपरीत अन्य वडामा युनिभर्सल प्लस टु कलेज चलाएको पाएपछि अनुगमन गर्न पुगेको टोलीले सिलबन्दी गरेको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले बताए ।

यादवका अनुसार कक्षा ११ र १२ सञ्चालन गर्न अनुमति लिएको शैक्षिक संस्थाले नाम परिवर्तन गरेर कलेज लेख्न पाइँदैन । यद्यपि युनिभर्सलले सो विपरीत कलेज लेखेको पाएपछि सिल गरिएको उनको भनाई छ ।

नियमन समितिले वीरगञ्ज- ८ स्थित नै रहेको प्रिन्सटन मोडेल एकेडेमीलाई पनि सिल गरेको छ । प्रिन्सटनले कक्षा ११ र १२ सञ्चालनका लागि अनुमति नै नलिएर पठनपाठन गराइरहेको पाएपछि सिल गरिएको यादवले जानकारी दिए । वीरगञ्ज सेन्ट्रल स्कूलको नाममा कक्षा सञ्चालन गर्न अनुमति लिने प्रक्रिया मै रहेको समयमा छुट्टै नाम राखेर विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन समेत गरिरहेको भेटिएको उनले बताए ।

अनुगमन टोलीले वीरगञ्ज सेन्ट्रल स्कूल पनि मापदण्ड अनुसार सञ्चालनमा नरहेको भेटेको थियो । स्कूलमा एउटा कक्षा कोठा भित्र जम्मा सात जना विद्यार्थी अध्ययन गरिरहेको भेटिएको अनुगमन टोलीसँगै गएका सञ्चारकर्मी अमित अग्रवालले बताए ।

यसअघि महानगरले सोमबार वीरगञ्ज – १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा सञ्चालनमा रहेको अन्नपूर्ण कलेज, वीरगञ्ज – ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो । त्यसै गरी महानगरले गत बुधवार वीरगञ्ज – ११ स्थित इम्पेरियल कलेज र वीरगञ्ज – १३ स्थित वीरगञ्ज स्कूल अफ लमा पनि सिलबन्दी गरेको थियो ।

अनुगमन टोलीमा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहका सल्लाहकार अभिषेक तिवारी, शैक्षिक प्रशासन महाशाखाकाकी अधिकृत सिर्जना बुढाथोकी, मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँललगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० भाद्र १९,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० भाद्र १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद