Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ट्राफिक नियमका बारेमा सचेतना अभियान,

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १८,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ट्राफिक नियमका बारेमा सबैलाई सचेत गराउन सरोकारवाला सक्रिय भएका छन् । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र लगायतको सहकार्यमा सञ्चालित सचेतना अभियान निरन्तर रुपमा चलीरहेको छ ।

पैदल यात्रु, सवारी चालक एवम् सर्वसाधारणलाई ट्राफिक नियमका बारेमा सचेत बनाउनका लागि सचेतनामुलक कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले बताए । ट्राफिक नियमको सबैले पालना गरेमा ट्राफिक व्यवस्थित हुने उनको विश्वास छ ।

सचेतना अभियानअन्र्तगत वीरगञ्जको आदर्शनगरको लोहार पट्टी चोकदेखि मकालु चौक, भाजुरत्न चौक हुँदै ग्रिनसिटी चौकसम्मका सवारी चालक एवम् पैदल यात्रुसँगै सर्वसाधारणलाई सम्झाई बुझाई गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताए । उनकाअनुसार सचेतनामुलक सन्देश लेखिएका पर्चा पम्पलेट पनि ५ सय जनालाई वितरण गरिएको छ ।

यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी नायब निरीक्षक लाल प्रसाद लुईटेलले बताए ।

सचेतना अभियानमा ट्राफिक प्रहरी, नगर प्रहरी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । सभार : yatra daily

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० भाद्र १८,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० भाद्र १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद