Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home पत्रपत्रिका

पत्रकारिता क्षेत्रको स्तरवृद्धिका लागि महानगर सँधै हातेमालो गर्न तयार छ : मेयर सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १२,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १२ भदौ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकारिता क्षेत्रको स्तरवृद्धिका लागि महानगर सँधै हातेमालो गर्न तयार रहेको बताउनुभएको छ ।

वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देस साप्ताहिक पत्रिकाको आठौँ वर्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पत्रकारिता क्षेत्रमा कृयाशील रहेका महिला पत्रकाहरुको क्षमता बृद्धि तथा स्थायित्वका लागि महानगर मिलेर काम गर्न सँधै तयार रहेको बताउनुभएको हो ।

‘महिला साथीहरुले संचालन गरेको पत्रिकाले सातौँ वर्ष पूरा गरि आठौँ वर्ष प्रवेश गरेकोमा शुभकामना दिनुहुँदै उहाँले भन्नुभयो,’ महिला पत्रकार साथीहरुको क्षमता वृद्धिका लागि महानगर सँधै हातेमालो गरेर अघि बढ्न तयार छ ।’

उहाँले केही पत्रकार भनिएकाहरुको खराब प्रवृत्तिका कारण समग्र पत्रकारिता क्षेत्र नै बदनाम हुने अवस्था आएको भन्दै त्यसका लागि पत्रकारसँग सम्बद्ध संस्थाहरु नै जागरुक भएर शुद्धिकरण गर्न जरुरी रहेको पनि बताउनुभयो ।

वार्षिकोत्सवका अवसरमा पत्रिकाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

बाराकी पत्रकार महिला शारदा पोखरेललाई १० हजार रुपैयाँ सहित उत्कृष्ट महिला पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । यस्तै बरिष्ठ टेलिभिजन पत्रकार उपेन्द्र ठाकुर, युवा पत्रकार जियालाल साह पनि १०÷१० हजार पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

युवा चित्रकार अजमत अली, स्तम्भकार शुदर्शनराज पाण्डे, स्व. उमाशंकर द्विवेदी (दधिची लाई मरणोपरान्त सम्मान, पत्रिका वितरक सतेन्द्र वर्णवाललाई नगद ५ हजार सहित पुरस्कृत गरिएको छ ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, वरिष्ठ पत्रकार चन्द्र किशोर झा लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८० भाद्र १२,मंगलवार
पर्साबाट ४० जना अझै सम्पर्कविहीन, राहत संकलन केन्द्र स्थापना
मुख्य समाचार

पर्साबाट ४० जना अझै सम्पर्कविहीन, राहत संकलन केन्द्र स्थापना

प्रकाशित : २०८० भाद्र १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद