Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साहिब दरबारको आयोजनामा माइस्थान विद्यापीठमा आँखा शिविर सम्पन्न, ४४१ जना विद्यार्थी लाभान्वित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १२,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको माइस्थान विद्याथपीठ उच्च माध्यामिक विद्यालयमा सोमबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । विगत केही समय देखि आँखा पाक्ने रोगको संक्रमण फैलिएकाले त्यसलाई नियन्त्रण गर्न शिविर संचालन गरिएको हो ।

साहिब दरबार र सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सोमबार सम्पन्न शिविरमा ३४१ जना विद्यार्थीको आँखा जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । आँखा जाँच गरिएका विद्यार्थी मध्ये २० प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या ‘आई फ्लु’ भेटिएको र त्यो नियन्त्रणको क्रममा देखिएको आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए।

यस्तै जाँच गरिएकामध्ये ५३ जना विद्यार्थीमा भने दृष्टि दोषको समस्या देखिएको पनि उनले बताए । आँखा पाक्ने समस्या देखिएका विद्यार्थीलाई शिविरमा निशुल्क औषधी समेत उपलब्ध गराइएको शिविरमा खटिएका दृष्टि विशेषज्ञ अञ्जली मेहताले जानकारी दिइन ।

साहिब दरबार र सामुदायिक आँखा अस्पतालको आयोजनामा महानगरका विभिन्न विद्यालयमा आँखा जाँच शिविर संचालन भइरहेको छ । मंगलबार पनि सोही विद्यालयमा शिविर संचालन हुने साहिब दरबारका अध्यक्ष सहनीले जानकारी दिए । सोमबार सम्पन्न शिविरमा साहिब दरबारका प्रेरणा श्रेष्ठ, सुरज गुप्ता, रमितामाया गुप्ता, अवधेस यादव, हफिज मियाँ लगायतको समेत उपस्थिति रहेको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० भाद्र १२,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० भाद्र १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद