Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ३१,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन भएका छन् । संघको सातौँ साधारणसभा तथा जिल्ला अधिवेशनबाट बुधबार सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन भएको पूर्वअध्यक्ष दाउद अन्सारीले बताए ।

उपाध्यक्षमा मुर्तुजा हवारी, सचिवमा घनश्याम बाबु गुप्ता, कोषाध्यक्षमा जयप्रकाश सर्राफ सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसैगरी सदस्यमा हिरालाल राउत, मो.दाउद अन्सारी, वासुदेवलाल कर्ण, नारायण पटेल, मोसरफ ईजहार, कलामुद्दिन अन्सारी, राजीव श्रेष्ठ, नासिर खान, बाबुजान अन्सारी र नेहाल अहमद सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राकेश मल्लिकले जनाए ।

वीरगञ्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलमले बुधबार संघको सातौँ साधारणसभा तथा जिल्ला अधिवेशन उद्घाटन गरेका थिए । अधिवेशनमा केन्द्रीय पर्यवेक्षक माधव कर्मचार्य, बारा क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया लगायतको उपस्थिति थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० श्रावण ३१,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० श्रावण ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद