Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा आयोजित रक्तदान कार्यक्रममा १०५ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २९,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल औषधी तथा विक्री प्रतिनिधि संघको ५५ औँ स्थापना दिवसका अवसरमा वीरगञ्जमा आयोजित रक्तदान कार्यक्रममा १०५ पोका रक्त संकलन भएको छ । २ जना महिला सहित १०५ जनाले रक्तदान गरेका हुन् ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका मेयर राजेशमान सिंहले युवाहरुले रक्तदान गर्ने बारे गाउँगाउँ सम्म चेतना जागृत गराउने काम गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले अहिले पनि अस्पतालहरुमा उपचार गर्न आउने बिरामीले सहजै रगत पाउने अवस्था नरहेको भन्दै रक्तदानका लागि जागृत गराउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले वीरगञ्ज व्यवस्थित र सफा सुन्दर बनाउन सबैको साथ र सहभागिताको आवश्यकता रहेको भन्दै त्यसका लागि संघसंग हातेमालो गरेर आफूहरु अघि बढ्न तयार रहेको बताउनुभयो ।

कार्यक्रम संघका जिल्ला अध्यक्ष राम गोसाईको सभापतित्वमा सम्पन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० श्रावण २९,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० श्रावण २९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद