Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कांग्रेस क्षेत्रीय सभापतिले फिर्ता गरे करोडौंको जग्गा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २८,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज  । नेपाली कांग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनले वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित करोडौं मूल्य पर्ने जग्गा महानगरपालिकालाई फिर्ता गरेका छन्।

पर्सा क्षेत्र नम्बर २ का कांग्रेस क्षेत्रीय सभापति शाहबुद्धिनले अदालतको फैसला आएको साढे तीन महिनापछि करिब ७ करोड रुपैयाँ मूल्य पर्ने १ कठ्ठा जग्गा महानगरपालिकालाई फिर्ता गरेका हुन्।

आइतबार पत्रकार सम्मेलन गरेर शाहबुद्धिनले अदालतको फैसलाको सम्मान गर्दै आफ्नी पत्नी नजमा बेगमका नाममा लालपूर्जा रहेको कित्ता नम्बर ८१७ को १ कठ्ठा जग्गा महानगरपालिकालाई फिर्ता गरेको बताए।

उनले आफूले २०७४ पुष ११ गते वीरगन्ज ६ कुम्हालटोल निवासी अरुण कुमार अग्रवालसँग ४ करोड रुपैयाँमा उक्त जग्गा मालपोत कार्यालयबाट आफ्नी पत्नि नजमाको नाममा रजिष्ट्रेसन पास गराएर खरिद गरेकोमा अदालतले उक्त जग्गा महानगरपालिकाको स्वामित्वमा आउने फैसला गरेपछि फिर्ता गरिदिएको बताए।

पत्रकार सम्मेलनमा शाहबुद्धिनले भने,‘मैले जग्गा किन्ने बेलामा लालपूर्जा अरुण अग्रवालका नाममा थियो, वडाबाट चौहदी प्रमाणित गरिएको सिफरिस पनि थियो, मालपोत, नापी र वीरगन्ज महानगरपालिकामा राजस्व तिरेको रसिद पनि थियो। सबै प्रमाणका आधारमा नै मैले त्योबेला जग्गा किनेको थिए।

तर अदालतले फैसला गरेर जग्गा महानगरपालिकाको स्वामित्वमा आउने फैसला गरिदिएपछि महानगरलाई फिर्ता गरेको उनले बताए। पशुपति आदर्शनगर निर्माण समितिबाट महानगरको स्वामित्वमा आएको कित्ता नम्बर ८१७ को १ कठ्ठा जग्गा वीरगन्ज ३ निवासी नजमाले किर्ते कागजात खडा गरी मालपोत र महानगरपालिकाका यसअघिका जनप्रतिनिधिदेखि कर्मचारी समेतको मिलोमतोमा आफ्नो नाममा पुर्‍याएको भन्दै वीरगन्ज महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुसालले २०७५ असार ३ मा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा पर्सा जिल्ला अदालतले २०७८ वैशाख १२ मा उक्त जग्गा महानगरकै स्वामित्वमा रहने फैसला गरेको थियो। त्यसपछि नजमाले पर्सा जिल्ला अदालतको फैसलालाई बदर गर्न माग गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा मुद्दा दिएकी थिइन्।

तर २०८० वैशाख १३ मा उच्च अदालतका न्यायधिशद्वय सुदर्शनदेव भट्ट र सिताराम मण्डलको संयुक्त इजलासले पनि जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरको थियो । अन्नूर्णपोस्ट 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० श्रावण २८,आईतवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० श्रावण २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद