Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा ट्राफिक प्रहरीद्वारा ३ करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ९,मंगलवार
A A
Traffic police stopping bikers for special security check on the day of Holi, in Kathmandu, on Monday. Photo: Balkrishna Thapa / THT

Traffic police stopping bikers for special security check on the day of Holi, in Kathmandu, on Monday. Photo: Balkrishna Thapa / THT

1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९/८० मा तीन करोड ४२ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

यो अघिल्लो आव २०७८/७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए ।

अघिल्लो आव २०७८/७९ मा सो कार्यालयले दुई करोड ८५ लाख २१ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । ट्राफिक जाँचमा गरिएको कडाइका कारण यस आव २०७९/८० मा राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।

यस्तै आव २०७९/८० मा पर्सा जिल्लामा भएको तीन सय ४७ सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९२ जना गम्भीर घाइते भएका छन् । अघिल्लो आव २०७८/७९ मा दुई सय ६० सवारी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चार सय ४८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ६३ हजार दुई सय ३८ जनाको सहभागिता रहेको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० श्रावण ९,मंगलवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० श्रावण ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद