Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home स्वास्थ्य

पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने तयारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २०,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ ।  सरकारले बालिकालाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने तयारी गरेको छ ।

चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन नामको एचपीभी भाइरसविरुद्धको २० हजार मात्रा खोप नेपाल भित्रिएको छ ।

यो खोप ९ देखि १४ वर्ष उमेरका बालिकालाई लगाउने तयारी भएको हो । तर, कहिलेदेखि खोप लगाउने भन्ने टुंगिएको छैन ।

अहिले २० हजार मात्रा मात्रै आएकाले कसलाई प्राथमिकतामा राख्ने भन्ने पनि टुंगीसकेको छैन । यो खोप टेकुमा रहेको भण्डारणमा राखिएको छ ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार यो खोप दुई मात्रा लगाउनु पर्छ ।

पहिलो मात्रा लगाएको ६ महिना पछि अर्को मात्रा लगाउनु पर्छ । अहिले आएको २० हजार मात्राले १० हजार बालिकालाई मात्रै खोप दिन पुग्छ ।

केही मात्रा खेर जाने सम्भावना पनि हुन्छ । यसले गर्दा खोप लगाउने बालिका छनौट गर्न स्वास्थ्य मन्त्रालयलाई चुनौती छ । यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको पनि डाक्टर गौतमले बताउनुभयो ।

खोप कार्यक्रम कहाँ सञ्चालन गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयलाई निर्देशनका लागि पत्र पठाइसकिएकाले केही दिनभित्र निर्णय हुने उहाँले जानकारी दिनुभयो ।

डाक्टरका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस एचपीभी विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए पाठेकघरको मुखको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओको तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जना भन्दा धेरैलाई पाठेघर मुखको क्यान्सर हुन्छ । यसकै कारण वार्षिक २ हजार जनाको ज्यान जाने गरेको छ ।

केही वर्ष अघि यो खोपको प्रभावकारीता अध्ययन गर्न चितवन र कास्कीमा खोप वितरण गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी.केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी.केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० असार २०,बुधबार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० असार २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद