Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्यावरण संरक्षणका लागि सिर्सिया नदी किनारमा वृक्षारोपण सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १९,मंगलवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १९ असार । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी किनारमा वृक्षारोपण गर्न सुरु गरेको छ । नदी संरक्षणका साथै सफाईका लागि नदीको किनारमा महानगरले वृक्षारोपण गर्न सुरु गरेको हो ।

नदीको दुबै किनारामा वृक्षारोपण गर्दा हराभराका साथै सुन्दर देखिने र यसले कटानबाट पनि बचाउने हुँदा नेपाल भारत सीमाको मितेरी पुलदेखि उत्तरतर्फ महानगर क्षेत्रमा पर्ने सिर्सिया किनारमा वृक्षारोपण सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

नदी किनारमा उन्नत जातका बाँस (चाप र हरौट) रोप्ने कार्य मंगलबारदेखि सुरु गरिएको उहाँले जानकारी दिनुभयो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति (कार्यक्रम कार्यान्वयन इकाई, भरतपुर चितवन) र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा महानगरले नदी किनारमा वृक्षारोपण सुरु गरेको हो ।

वर्षाको समयमा आउने बाढीले सिर्सिया नदी कटान गर्नुका साथै यस क्षेत्रमा डुबानको समस्या निम्त्याउने गरेको छ । बाँस हुर्किएपछि नदी संरक्षण हुनुका साथै कटान पनि नियन्त्रणमा आउने महानगरका सरसफाई प्रमुख सर्फुद्दिन मियाँ बताउँछन् ।

महानगरले नदी सफाईका लागि औद्योगिक क्षेत्रबाट निस्कने लेदो पानी फाल्न कडाइ गर्नुका साथै नदी फोहोर गर्नेलाई कारबाही गर्दै आएको छ ।

नदीको दुवैतर्फ किनारमा वृक्षारोपण गर्दा नदी कटान रोकिने मात्रै नभई पर्यावरण संरक्षणमा समेत टेवा पुग्ने महानगरले विश्वास लिएको छ ।

वीरगञ्ज हरियाली बनाउने अभियान अन्तर्गत महानगरले नदी किनारका साथै सार्वजनिक खाली जग्गामा वृक्षारोपण गर्ने कामलाई तिब्रता दिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० असार १९,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० असार १९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद