Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

“ट्राफिक” शिक्षा सडकमै 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १६,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

•जोतिलाल पंडित

वीरगञ्ज । बारामा “ट्राफिक” शिक्षा सडकमै सुरु भएको छ । प्रतिदिन जसो पथलैया सडक खण्डमा देखिने उक्त दृश्यको उदेश्य भने दुर्घटना न्युनिकरणका लागि ‘सडक ट्राफिक शिक्षा’ अभियान भएको हो ।

प्रदेश ट्राफिक कार्यालय पथलैयामा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक दिपक कुमार बस्नेत सहितको टोलीले यस्तै रचनात्मक गतिविधिमा सक्रिय देखिन्छन् । ट्राफिक नियम विपरित सवारी चलाउने चालकलाई जरिवाना भन्दा पनि सडकमै ‘ट्राफिक शिक्षा’ दिन रुचाउने रहेका छन् ।

विभिन्न सवारी चालकलाई सडकमै भेला गर्दै बस्नेतले ट्राफिकका लागि भन्दा पनि दुर्घटना र मानविय क्षती न्युनिकरणका लागि नियमको पालना गरेर सवारी चलाउन प्रतिदिन विभिन्न सवारीका चालकलाई अनुरोध गरिरहेको दृश्य देख्न सकिन्छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं २१ स्थित पथलैया निजगढ सडकखण्डमा शुक्रबार प्रहरी सहायक निरिक्षक बस्नेतले ट्राफिक प्रहरीले जरिवाना काट्नै नपर्ने गरी जिम्मेवार भएर सवारी चलाउन ४५ जना बस, सुमो, मोटरसाइकल र ट्रक चालक तथा यात्रुहरुलाई अनुरोध गर्दै जनचेतना फैलाउने गरेका छन्।

जरिवाना उठाउन हामीलाई रहर छैन्, सकेसम्म जरिवाना नै काट्न नपरोस भन्ने चाहना हुन्छ’ चालकको समुहलाई सम्झाउदै बस्नेतले भने ‘जरिवानाले दुर्घटना र मानविय क्षति कम हुदैन । तपाईहरु सचेत भएर सवारी चलाए मात्रै यो सम्भव छ ।

ट्राफिक प्रहरीको आँखा छलेर तिब्र गतिमा, मादक पदार्थ तथा लागुऔषध सेवन गरेर, हेल्मेट नलगाएर क्षमताभन्दा बढी यात्रु तथा समान बोकेर सवारी नचलाउन, सवारी साधनमा बसेका यात्रु र आफ्नो परिवारको विषयमा सोच्न पटकपटक सबैलाई अनुरोध गर्ने गरेका छन् । साथै ट्राफिक प्रहरीलाई झुक्याउन सफल भएपनि त्यसबाट निम्तिन सक्ने दुर्घटना रोक्न जो कोही पनि असफल हुने बस्नेतले बताउने गरेका छन्।

‘दुर्घटना कसैले गर्छु भनेर हुने होईन, लापरवाहीले हुने हो । त्यो लापरवाही चालकबाट नहोस् भन्ने मात्रै हाम्रो भनाई हो’ बस्नेतले सम्झाउने गरेको र त्यसैको लागी तपाईहरुलाई केही समय भएपनि यसरी सधैं सचेत गराउने प्रयास गरिरहेको बताएका छन् । यसलाई गम्भिर भएर सोचिदिनुहोला । भनि आग्रह गर्दै जनचेतना मुलक कार्यक्रम गरेका छन्।

प्रहरी सहायक निरीक्षक ट्राफिक प्रहरी सम्बन्धि शिक्षा कहिले बाटोमा , कहिले बिधालयमा , कहिले समुदायमा गर्ने गरेको देख्न सकिन्छ। त्यसैले सवारी साधन चलाउदा हामीले पनि ट्राफिक नियमको पालना गर्न बस्नेतले आग्रह गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० असार १६,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० असार १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद