Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सालाई पूर्णखोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत १४ वटै पालिकाका स्वास्थ्यकर्मीले लिए तालिम

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १२,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १२ असार ः पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत स्वास्थ्य कार्यालय पर्साले जिल्लाभरका स्वास्थ्यकर्मीलाई तालिम दिएको छ । जिल्लाका १४ मध्ये कालीकामाई , विन्दवासीनी , धोबिनी र पकाहामैनपुर गरि ४ पालिका अहिलेसम्म पनि पूर्ण खोप पालिका घोषणा हुन सकेका छैनन् । ती सबै चार पालिकालाई पूर्ण खोप घोषणा गरेपछि मात्रै पर्सा जिल्ला पूणखोप जिल्लाका रुपमा घोषणा हुनेछ ।त्यसैलाई मध्यनजर गरि स्वास्थ्य कार्यालय पर्साले गत पुष तेश्रोसाता देखि मंगलबारसम्म विभिन्न चरणमा गरि जिल्लाभरका स्वास्थ्यकर्मीलाई तालिम दिएको हो ।
पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत विभिन्न चरणमा गरि ४ सय ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम दिइएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी गराए । तालिम लिनेमा १४ वटै पालिकाका स्वासथ्य शाखा प्रमुख र हरेक सानमुदायिक स्वास्थ्य संस्थाका प्रमुखहरु रहेको उनले बताए ।स्थानीय तह र स्वास्थ्यकर्मीको निष्क्रियताले पर्सा पूर्ण खोप जिल्ला घोषणामा ढिलाई भइरहेको सरोकारवालाले बताएका छन् ।
जनस्वास्थ्य अधिकृत ठाकुरले स्थानीय तहहरुको चासो र राजनीतिक दलहरुको प्रतिबद्धता नहुन्जेल यो अभियान सफल हुन नसक्ने बताए । उनले धेरैजसो स्थानीय तहमा पालिका प्रमुख र कार्यकारी अधिकृतहरुबीच तालमेल नहुँदा समस्या भइरहेको बताए ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले जिल्लाका १४ पालिकामध्ये ४ वटा पालिकाको कारण नै जिल्ला पूर्ण खोप घोषणा हुन नसक्नु दुःखद् भएको उनले बताए ।
मंगलबार वीरगन्ज महानगरपालिका ,बहुदरमाई नगरपालिका र छिपहरमाई गाँउपालिकाका स्वास्थ्यकर्मीका लागि आयोजित ,पूर्ण खोपको सुनिश्चितता तथा सरसफाइ प्रवर्द्धनका लागि रणनीति तयारी तथा सुक्ष्म योजना अद्यावधिक गोष्ठीका प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका सहसंयोजक रहेका जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरनप्रसाद कुर्मीले सरोकारवालाहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । उनले यस काममा प्रत्यक्षरुपमा धेरैले सहयोग नगरे पनि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने र अभियानलाई जिल्लामा सफल बनाइछाड्ने प्रतिबद्धता जाहेर गरे ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहको अध्यक्षतामा भएको गोष्ठीमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको पनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार १२,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद