Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पहिलो दिन आइतबार पर्साबाट १२१ जनाले लिए नयाँ नागरिकता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ११,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साबाट आइतवार मात्रै १ सय २१ जनाले नागरिकता प्राप्त गरेका छन् । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को कार्यन्वयनको क्रममा जन्मको आधारमा नागरिकता लिएकाहरुका सन्तानमध्ये १ सय २१ ज्नाले बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

लामो समयदेखि अड्किएको विद्येयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै कार्यन्वयनमा जाने भनिएपनि अदालतमा मुद्दा पर्दा नागरिकता बिहिनहरु निराश बनेका थिए । अल्पकालिन आदेश जारी नगर्ने अन्तरिम आदेश जारी गरेसँगै उक्त विद्येयक कार्यन्वयनमा आएको हो ।

आइतवारदेखि नयाँ विद्येयकअनुरुप नागरिकता वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता बिहिनहरुको भिड बढेको छ । नागरिकता लिनेहरुको भिड बढेसँगै जिल्ला प्रशासन कार्यालय पर्साले अनलाईन टोकन प्रणालीबाट सेवा दिन सुरु गरेको प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उनकाअनुसार सेवाग्राहीहरुलाई कार्यालयमै आएर लाईन लागि पालो कुर्नुपर्ने झन्झट नहोस् र सास्ती तथा हैरानी खेप्न नपरोस् भन्नका लागि यो सेवा सुरु गरिएको हो । अनलाईनबाटै टोकन लिएर सोही टोकनमा उल्लेख भएबमोजिमको दिनमा आएर सेवा लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । जिल्ला प्रशासन कार्यालय पर्साको वेवसाइटमा गएर अनलाईन टोकन लिन सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार ११,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद