Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

पर्सा–बारा ओैद्योगिक क्षेत्रमा विद्युत आपूर्ति नियमित गर्न उद्योगीहरुको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२६फागुन । पर्सा-बाराका उद्योगीले पर्सा–बारा ओैद्योगिक क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्न माग गरेका छन् । केही दिनदेखि पर्सा–बारा औद्योगिक क्षेत्रमा अनियमित विद्युत कटौतीको समस्या देखिएपछि उनीहरुले त्यस्तो माग गरेका हुन् ।

उद्योगहरुमा विद्युत ट्रिपिङ हुने, अघोषित रुपमा घण्टौं विद्युत नआउने समस्या देखिएको उनीहरुको भनाइ छ । जसले गर्दा उद्योग प्रतिष्ठानहरु पूर्ण क्षमतामा सञ्चालन हुन नपाएको, औद्योगिक कच्चा पदार्थ नोक्सान भइरहेको, उत्पादनको गुणस्तरमा ह्रास आइरहेको उनीहरुको गुनासो छ ।

वीरगन्ज उद्योग वाणिज्य संघले गुणस्तरीय विद्युत आपूर्तिको अभावमा उद्योगको उत्पादन घट्ने, मेसिनरी पार्टपूर्जामा टुटफुट बढी आउने आदि समस्याहरु आइरहेको जनाएको छ । संघका अध्यक्ष डाक्टर सुबाेध गुप्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै समस्या समाधान गरिदिन विद्युत प्राधिकरणसँग अनुरोध गरेका हुन् ।

अध्यक्ष गुप्ताद्वारा जारी विज्ञप्तिमा विद्युत प्राधिकरणले माग अनुसार विद्युत आपूर्ति गर्न नसक्ने भएमा निश्चित क्षेत्रमा लोडसेडिङ गरी अन्य क्षेत्रमा गुणस्तरीय विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । तालिका आउँदा उद्योगीहरुले सोही अनुसार उत्पादनको तालिका बनाएर उद्योग सञ्चालन गर्न सक्ने उनको भनाइ छ ।

‘उद्योग, व्यापारको अवस्था खस्क‌ँदो छ, बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर बढाएका छन्, नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे विभिन्न सर्कुलर जारी गर्छ । भारत लगायत अन्य मुलुकहरुसँगको व्यापारमा असन्तुलन छ,’ अध्यक्ष गुप्ताले भने, ‘यसले गर्दा नेपालको अर्थतन्त्र खस्किंदै गइरहेको छ । यस्तो अवस्थामा नेपाल विद्युत प्राधिकरणले प्रयाप्त विद्युत आपूर्ति नगर्दा बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरु झन् मर्कामा परेका छन् । साभार:अनलाइन खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ फाल्गुन २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद