Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरले शिक्षा र समाजिक क्षेत्रमा सुधारको सुरुवात गरेको छ : नगरप्रमुख सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३०,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ३० जेठ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बालबालिकाहरुको भविष्यका लागि शिक्षा र समाजिक क्षेत्रमा सुधारको थालनी गरेको बताउनु भएको छ ।

वीरगञ्ज महानगरपालिकाको सहयोगमा सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्जले आयोजना गरेको ‘बालबालिकासँग मेयर’ कार्यक्रममा बोल्दै नगर प्रमुख सिंहले आफूले वीरगञ्जको विकासका लागि शैक्षिक उपलब्धि भन्दा पनि दीर्घकालिन सोचका साथ काम गर्न खोजेको बताउनुभयो ।

विगतका दिनमा सहीलाई सही र गलतलाई गलत भन्न नसकेकै कारणले वीरगञ्ज विकासमा पछि परेको बताउँदै अहिलेका पुस्ताले सही कुरा गर्न कसैसँग डराउनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । समाजमा भएको गलत क्रियाकलापहरुको खुलेर बोल्न र प्रतिवाद गरेर समाज परिवर्तनका लागि अगाडि आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा र सामाजिक क्षेत्रको विकास नै स्थानीय तहको विकासको मानक हुने भएकोले यसको लागि शिक्षा क्षेत्रमा ऐनले व्यावस्था गरे अनुसार हरेक सामुदायिक र संस्थागत विद्यालयहरुलाई पाठ्यक्रम बाहेक अतिरिक्त क्रियाकलापमा पनि जोड दिनको बताउनुभयो ।

बालश्रम, बालमैत्री शासनको विषयमा महानगरपालिकाले लिएको नीतिको बारेमा सहभागी बालबालिकाहरुले गरेको प्रश्नको जवाफ दिदै उहाँले बोलीमा भन्दा पनि व्यवहारमा देखिने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विगतमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको, बालमैत्री वडा घोषणा गरिएको भए पनि अहिले फेरी उस्तै अवस्था देखिएकोले त्यसलाई दीर्घकालिन रुपमा समाधान गर्न र सडक बालबालिकाहरुको लागि शिक्षा, स्वास्थ्य र भविष्यको विषयमा पनि महानगरपालिकाले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्ने बताउनुभयो ।

नारायणी एफ.एम.का कार्यक्रम संयोजक शिवनाथ यादवले सहजीकरण गरेको कार्यक्रममा वीरगञ्जका विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह
मुख्य समाचार

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह

प्रकाशित : २०८० जेष्ठ ३०,मंगलवार
वीरगञ्ज भन्सार कार्यालयको कारोबारमा कमी
मुख्य समाचार

वीरगन्ज नाकाबाट खाद्यान्न आयात घट्यो, ६ महिनामा ११ अर्ब ५७ करोडको आयात

प्रकाशित : २०८० जेष्ठ ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद